मलेसियामा जारी सिएमसिओ अवधीभित्र के के गर्न पाइने? के के गर्न नपाइने?

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न मेय १३ तारिखदेखी जुन ९ तारिखसम्म ४ हप्ता सम्मको लागी खुकुल्लो आवागमन नियन्त्रण आदेश (सिएमसिओ ) लम्ब्याइएको छ्न।
साथै मलेसिया सरकारले जारी सिएमसिओ सम्बन्धि नयाँ नियमहरु लागु गरेका छ्न।

नयाँ सिएमसीओ नियम : सिएमसिओ अवधीभित्र के के गर्न पाईन्छ त ?

— कोरोना भाइरस संक्रमित क्षेत्रबाट अर्को क्षेत्रमा आवतजावत गर्न पाईने छैन।

— निजी सवारीसाधन कारमा अधिकतम ४ जनाले यात्रा गर्न पाउछन् । तर उनीहरू सबै एउटै घरकाे हुनुपर्ने।

— कुनै आफन्तकाे मृत्यु भएको खण्डमा अन्तिम दाहसंस्कारमा २० जना भन्दा बढि व्यक्तिहरु भेला हुन नपाउने।

— सार्वजनिक यातायातमा क्षमताको आधा यात्रुहरुमा मात्रै यात्रा गर्न पाउनेछन । त्यो पनि सामाजिक दुरि कायम गरेर यातायातको सिटमा बस्नु पर्ने ।

— ट्याक्सी तथा अानलाईन कार सेवाहरुमा बढीमा २ जनाले मात्रै यात्रा गर्न पाउनेछन् ।

— मलेसियाका कुनै पनि नागरिक, मलेशियन स्थायी बासिन्दा अथवा वैदेशिक रोजगारीबाट फर्केका प्रवासीहरू मलेसिया आइपुगेपछि अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्नेछ ।

नयाँ सिएमसिओ नियम : सिएमसिओ अवधी भित्र निषेधित क्षेत्र र के के गर्न नपाइने?

— भीड जम्मा हुने सक्ने स्थानहरु सबैलाई निषेधित गरिएको छ । जस्तैः मनोरन्जन, पार्टी , समुहमा जम्मा भैइ मनोरन्जनका गतिविधिहरू: डिस्काे, बार, सिनेमाहलहरु सञ्चालन गर्न नपाइने र जन नपाइने ।

— धार्मिक स्थानमा भेला भएर प्रार्थना गर्न नपाइने , सांस्कृतिक मेलाहरु समेत लगाउन नपाइने ।

— भीड जम्मा हुन मद्दत गर्न सक्ने कुनै पनि व्यापारिक,ब्यवसायीक गतिविधिहरु गर्न नपाइने।

— कपडा चेन्जिङ काेठाहरु, व्युउटिपालर तथा सैलुनहरु सुचारु गर्न नपाइने।

— क्रूज जहाज गतिविधिहरू , पर्यटन सेवाहरू र आवास परिसरहरूमा हुने सेवाहरू लगायत मलेसियाकाे सन १९९२ काे ऐन ले बिधिवत गरेकाे सम्पूर्ण पर्यटन उद्योगहरु बन्द रहने।

— वित्तीय सेवा उद्योगको बिक्री र मार्केटिंग वा उनीहरूको परिसरबाहिर सार्वजनिक स्थानहरूमा गरिने बैंकिंग सेवाहरु सुचारु गर्न नपाइने।

— कुनै व्यपारिक परिसरहरुमा गरिने मार्केटिंग तथा व्यवसायीक परिसर भन्दा बाहिर सार्वजनिक स्थानहरूमा गरिने फूड कोर्ट, फेरीवाला केन्द्रहरू, फूड स्टल्स, फूड ट्रक आदिमा । यधपी खाद्यान्नकाे लागि याे लागु हुने छैन ।

— सामुहिक रुपमा गरिने मेसिनरी गतिविधिहरु, मर्मतहरु जस्ताे: लिफ्ट, एस्केलेटर, टावर क्रेन जस्ता मेसिनरी गतिविधिहरू बन्द गर्नुपर्ने हुन्छन । किनभने यस्ता मेसिनरी सामाग्रीमा मानिसहरु धेरै जना भेला हुने गर्दछ ।

— केन्द्रीकृत श्रमिक क्वार्टरहरु , कर्मचारीहरूको छात्रावास भिडभाड जम्मा हुने सम्पूर्ण गतिविधिहरू बन्देज लगाइएको छ।

यी नयाँ लागु गरिएको सिएमसीओ नियमहरु उल्लंघन गरेकाे खण्डमा मलेसियन कानुन अनुसार आरएम १ हजार नगद वा अधिकतम ६ महिना जेल सजाय वा दुबै सजाय हुन सक्ने मलेसिया सरकारले जनाएका छन ।स्थानीय विभिन्न सञ्चार माध्यमहरुले समाचारमा उल्लेख गरेकाछ्न ।

कोरोनाले अहिलेसम्म मलेसियामा ५३ जना नेपाली श्रमिक संक्रमित भएका छ्न जसमध्ये ३ जना उपचार सकिएर निको भैईसकेको जनाइएको छ्न ।
त्यस्तै कोरोनाले अहिलेसम्म मलेसियामा जम्मा संक्रमितको संख्या ६ हजार ७ सय २६ रहेको छ्न , त्यसमध्ये ५ हजार १ सय १३ जना निको भैईसकेका छ्न , र अझैपनि १ हजार ५ सय ४ जना उपचाररत रहेका छ्न भने १ सय ९ जनाले ज्यान गुमाईसकेका छ्न।