नेपाली श्रमिकलाई खाद्यान्न समस्या छ्? घेदुङ र तामाङ कलाकारसंघलाई सम्पर्क गर्नुस्।

क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया कार्यरत रहेका तामाङ समुदायका युवा,युवतीहरु एकजुट भैई स्थापना गरेको नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले मलेसियामा खाद्यान्न अभाव झेलिरहेको नेपाली श्रमिकहरुलाई खाद्यान्न सामाग्री सहयोग गर्ने बताएका छ्न।

घेदुङ र कलाकारसंघले एक संयुक्त बिज्ञप्ति जारी गर्दै लेखेका छ्न “मलेसियामा रहेका तीन हजार भन्दा बढि नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको मलेसियाको करार अबधी समाप्त भै स्वदेश फर्कन तयार भए पनि नेपालको लागी उडान बन्द भएको कारण समय मै स्वदेश फर्कन असमर्थ हुनु भएको जानकारी आएकोछ । उहाँहरुको काम नभएकोले दैनिक खाद्यान्नको समस्या भएको छ साथै मानसिक तनाबको कारण अन्य समस्या उत्पन्न हुन सक्ने जोखिम देखिएको छ । त्येसैले उहाहरुलाई छिटो भन्दा छिटो स्वदेश फर्काउन नेपाली दुतावास मलेसिया र नेपाल सरकारलाई ध्यानाकर्षण गराउदछौं ।” विज्ञप्तिमा उल्लेख गरिएको छ।

मलेसियामा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले खेप्नु परेको खाद्यान्न अभाबमा सहायता गर्ने उद्देश्यले नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले मलेसियन रिंगेट पाँच हजार (आरएम ५,०००/-) बाराबरको आपतकालीन कोष खडा गरेको र कोहि खाद्यान्न आभावमा हुनु हुन्छ भने नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया परिवार र नेपाल तामाङ कलाकार संघ मलेसिया परिवारको प्रतिनिधिहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनको कारणले भिसा सकिएर , स्वदेश फर्किन नपाएकाहरु , कामबाट निकालिएकाहरु , अबैधानिक हैसियतमा काम नपाएर बसेकाहरु यतिबेला खाद्यान्न अभावले भोकले छ्ट्पटाईरहेको छ् । कतिपय खाद्यान्न अभाव झेलिरहेको श्रमिकहरुलाई मलेसियामै रहेका समाजिक संघसंस्था , ब्यवसायी , मलायाखबर मिडिया लगायतकोले नि:शुल्क खाद्यान्न सामाग्री सहयोग गर्दैआइरहेको छ।
सम्पर्कको लागी तलको पत्रमा उल्लेखित निम्न ब्यक्तिहरुलाई टेलीफोन नम्बरमा कल गर्न सक्नुहुनेछ ।