जायाग्रोसरमा कार्यरत नेपाली श्रमिकहरुले खाद्यान्न अभाव झेलिरहेकोलाई पुनः गरे खाद्य सहयोग।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको आवागमन नियन्त्रण आदेश ( एमसिओ ) को कारण खाद्यान्न अभाव झेलिरहेको श्रमिकहरुलाई अन्य मनकारी श्रमिकहरुले नै सहयोग गरेकाछ्न।

मलेसिया साहआलम एरियामा बसोबास गर्दैआईरहेका कम्पनी संगको श्रम सम्झौता सकिएर घर जाने तयारीमा रहेका तर मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनको कारण घर जान नपाई भिसा सकिएर , आर्थिक रकम सकिएर अलपत्र अवस्थामा बसिरहेका पुर्ण बहादुर खरेल , दुर्गा बहादुर रम्तेल , संगम राई , दिपक घिमिरे , मन कुमार राई गरि ५ जना नेपाली श्रमिकलाई जाया ग्रोसर नामक सुपरमार्केटमा कार्यरत नेपाली श्रमिकहरुले नि:शुल्क खाद्यान्न उपलब्ध गराई सहयोग गरेकाछ्न।

त्यसैगरी अबैधानिक रुपमा बसिरहेका खाद्यान्न अभाव झेलिरहेका ४ जना र अन्य कैयौं नेपालीहरुलाई पनि हाम्रो श्रमिक ग्रुपले खाद्यान्न सहयोग गरिसकेको जाया ग्रोसर सुपरमार्केटमा कार्यरत मनकारी युवा चन्द्र बहादुर महताराले बताए ।
खाद्यान्न अभावले भोकभोकै बस्न बाध्य ति नेपाली श्रमिकहरुले आफुहरुलाई सक्दो सहयोग गर्न मलाया खबर लाई जानकारी गराउदै सहयोगको याचना गरेका थिए।

लगतै मलाया खबरको अभियानमा जोडिनु भएका जाया ग्रोसरमा कार्यरत नेपालीहरुको ग्रुपले समस्यामा परेका ति नेपालीहरु बस्ने ठाउँ ठाउँमै पुगेर राहत स्वरुप नि:शुल्क खाद्यान्न सामाग्री सहयोग गरेको ग्रुपकै एक नेपाली सुरेश कावारले बताए।
यता सहयोग पाएका ति नेपाली श्रमिकहरुले खुसी हुँदै सहयोग गर्नुहुने नेपाली श्रमिकहरु प्रति र मलाया खबर मिडिया प्रति धन्यवाद ज्ञापन गरेकाछ्न।

मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनको कारण कम्पनीसंगको श्रम सम्झौता सकिएका,भिसा सकिएका स्वदेश फर्किने तयारीमा कैयौं नेपालीहरु अलपत्र अवस्थामा पर्खेर बसेका छ्न। तर अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकार र सम्बन्धित नियोगले ठोस कदम चाल्न सकेको छैन।