मलेसियामा एमसिओ अवधीको बिचमै बैधानिक कागजात नभएको बिदेशी श्रमिकलाई समात्दै।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोनालाई नियन्त्रण गर्न जारी गरिएको आवागमन नियन्त्रण आदेश (एमसिओ) अवधीको बिचमै अबैधानिक हैसियतमा रहेका बिदेशी कामदारलाई धरपकड,पक्राउ गर्न थालिएको छ।

मलेसिया अध्यागमन बिभागका पुलिस प्रसाशन आक्रामक रुपमा प्रस्तुत हुँदै हिजो शुक्रबार प्रायगरी बिदेशी कामदार बस्ने एरियातिर मेनारा सिटि वान नामक अपार्टमेन्ट लगायत अन्य तिन ठुला भवनहरुमा स्टिंग अपरेसन गरि सयौं जनालाई पक्राउ गरिएको समाचार स्थानीय सञ्चार माध्यम फ्रि-मलेसिया टुडेले समाचारमा उल्लेख गरेकाछ्न।

आफ्नो नाम नछाप्ने शर्तमा सोही क्षेत्रमा बस्ने एक व्यक्तिका अनुसार मलेसियाका पुलिस र अध्यागमन कर्मचारीले बिहान करिब ११:०० बजे अपरिचित प्रवासीहरूको खोजीमा “पूरै जालान मस्जिद ईन्डिया” मा छापा मारेका थिए। “तिनीहरूले धेरै मानिसहरूलाई समातेर लगेको बताए । उनले थप्दै भने कि पक्राउ पर्नेहरुलाई उनीहरूको व्हाट्सएप समूह मार्फत सुराकीको आधारमा छापा मारिएको खबर प्राप्त भएको बताइएको छ।

जानकारी अनुसार भिसा सकिएर बसेकाहरू पक्राउ परेका हुन। पक्राउ परेकाहरु बङ्गलादेश,इन्डोनेसिया,पाकिस्तान लगायतको देशको कामदारहरु रहेको जनाइएको छ।
प्रहरीको धरपकडमा कागजातविहिन विदेशी कामदारलाई मात्र लक्षित गरिएको छैन । वैधानिक हैसियतमा बसिरहेका विदेशी कामदारलाई पनि पक्राउ गर्ने गरिएको र केहि रकम असुलेर छोड्ने गरिएको भुक्तभोगीहरु बताउँछन् ।

[ photo source : malaysia imigresen facebook page ]

साथै अहिले कोरोनाको कारण स्वदेश फर्किन नपाएका,रोजगारदाता कम्पनीसंग श्रम सम्झौता सकिएर अलपत्र अवस्थामा बसिरहेका नेपाली कामदारहरु समेत धरपकडबाट प्रभावित भैईरहेकोले नेपाल सरकार र सम्बन्धित नियोगको ध्यानाकर्षण हुनुपर्ने मलेसियामा रहेका अधिकारवादी समाजिक संघसंस्थाहरुको भनाईरहेको छ। श्रम सम्झौता सकिएको र भिसा सकिएर बसिरहेका नेपालीहरु बारे सम्बन्धित निकायले चाडैं विशेष कदम चाल्नु पर्ने अवस्था आएको औल्याएका छ्न।

मलेसियामा समय समयमा कागजातविहिन भएर बअबैधानिक रुपमा बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन भन्दै थुप्रै कार्यक्रमहरु ल्याउने गरिएको छ । तर मलेसिया सरकारको उच्च प्रयत्नका बावजूद मलेसियामा लाखौं विदेशी कामदार अझैपनी अवैधानिक रुपमा बसिरहेका छन् । ति अवैधानिक रुपमा बसिरहेका कामदार लक्षित गर्दै प्रहरीले सञ्चालन गर्ने धरपकड प्रहरीका लागि कमाउने माध्यम समेत बन्दै आएको यस क्षेत्रमा कार्यरत जानकारहरु बताउँछन् ।

यता यस् बिषयबारे मलेसिया स्थित नेपाली दूतावासमा टेलिफोन सम्पर्क मार्फत बुझ्दा ” हिजो शुक्रवार यहाँका स्थानीय पुलिस,प्रसाशनले गरिएको धरपाकडमा बङ्गलादेश,पाकिस्तान,इन्डोनेसिया संगै दुई जना नेपाली कामदारलाई समेत पक्राउ गरेर लगिएको थियो तर राती करिब ०१:०० बजेतिर ति दुईजना कामदार कार्यरत रोजगारदाता कम्पनीले आवश्यक कागजी प्रक्रिया पूरा गरेर छुटाएर ल्याइएको जानकारी प्राप्त भएको दूतावासका जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभयो”। उनले थप्दै भने धरपकडमा ठ्याक्कै कतिजना नेपाली कामदार परेका हुन भन्नेबारे बिस्तृत जानकारी आउन बाकीरहेको बताए।