क्वालालम्पुर(मलेसिया):= मलेसियन सरकारले यतिबेला कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने भनेर आवागमन नियन्त्रण आदेश (एमसिओ) जारी गरेकाछ्न।
एमसिओ अवधी भित्र कोरोनाको आशँकामा क्वारेन्टाईनमा उपचाररत रहेका अवैधानिक ( इलिगल ) बिदेशीहरुलाई पक्राउ गरि देश निकाला गर्ने भएकाे छ । स्थानीय सञ्चार माध्यम ” सिनार हारियान डटकम ” ले समाचारमा उल्लेख गरेकाछ्न।
मलेसियाको केहि स्थानमा बसोबास गर्दैआईरहेका विदेशिहरूमा समेत काेराेना भाईरस भेटिएपछि ईएमसिओ अर्थात कडा आवागमन निषेध लागु गरि सबैलाई क्वारेन्टाईनमा राखेकाे थियाे । त्यस्ता क्षेत्रहरूमा अत्याधिक अवैधानिक विदेशि कामदार रहेकाे थाहा पाएपछि मलेसियन सरकारले क्वारेन्टाईन सकेपछि तिनीहरुलाई सिधै पक्राउ गर्ने तयारि रहेकाे मलेसियन सरकारका वरिष्ठ-रक्षामन्त्री दातुक श्री इस्माईल साब्री याकोबले बताएका छ्न।
पक्राउ परेकाहरुलाई बिभिन्न ११ वटा कारागारमा राखिने र व्यवस्थापन पछि तुरुन्तै उनिहरुको आफ्नै देश डिपाेर्ट गरेर पठाइने वरिष्ठ रक्षामन्त्री साबरीले जनाएकाछ्न।
मलेसियामा गत महिना मार्च १८ तारिखदेखिनै एमसिओ जारी गरेकाछ्न भने भोलि मेय १ तारिखदेखि मेय १२ तारिखसम्मको लागी जारी गरिएको चौथो चरणको एमसिओ सुरु हुँदैछ्न।



















