युएईमा कार्यरत नेपाली सेक्युरिटीगार्डको मृत्यु।

युएई := वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएईमा कामगर्न आएका एक नेपालीको मृत्यु भएको छ। 
ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी,३ मोरङ घर भएकाा ५२ वर्षीय दीपक पराजुलीको हृदयघात ( heart Atack )को कारण  आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो।

केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरेको क्ष्रोतले जानकारी गराउनुभयो।

उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ। नाै वर्ष पहिले वैदशिक रोजगारीका लागि युएई आएका पराजुलीको घरमा श्रीमती र २ छोरा रहेका छन् भने २ छोरा पनि वैदेशिक रोजगारमै रहेका बताइएको छ।