[दिनेश खड्का खप्तडि‘]
क्वालालम्पुर ( मलेसिया ):= सुदुरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समितिद्वारा लडाउनको चपेटामा परेका नेपाली हरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।
मलेसिया सरकारले चौथो पटक लक डाउन घोषणा गरे पछि मलेसियामा रहेका धेरै विदेशीहरुमा खानको लागि निकै समस्या भएको छ । समस्या भएका नेपालीहरुको लागि एनआरएन मलेसिया जनउदार केन्द्र मलेसिया , सुदुर पश्चिमेली नेपाली समाज मलेसिया र त्यस्का मातहतका बिभिन्न क्षेत्रिय समिति, मलाया खबर मिडिया समुह लगायत संघसंस्थाका प्रतिनिधिहरु निरन्तर सक्रियतापूर्वक आ-आफ्नो क्षेत्रबाट खाद्यान्न सामग्री सहयोग गरिरहेका छन् । नेपाली राजदूतावास मलेसियाले पनि आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।



कोरोना भाईरस अर्थात कोभिड 19 ले विश्वमा नै आक्रमण गरेको प्रत्यक्ष असर मलेसियालाई पनि परेको छ मलेसिया करिब पाच लाख नेपालीहरु रहेका छन । खानको लागि निकै समस्या भएको खबर सुदुरपश्चिमेलि नेपाली समाज पेनाङ क्षेत्रिय समिति लाई प्राप्त भए लगत्तै बरिष्ठ उपाध्यक्ष दिपक जोशी लगायतको टिमले लकडाउनको पुर्णरुपमा पालन गर्दै पिडित भएको स्थानमा गएर आवश्यक राहत वितरण गरिएको क्षेत्रिय समितिका सचिव रमेश एेरले बताउनु भयो ।
यस्तै मलेसियाको पेनाङ्ग खानको लागि समस्या भए तुरुन्तै समाजका पदाधिकारी सदस्य हरु लाई सम्पर्क गर्न समेत आग्रह गर्दै सकेको सहयोग गर्ने छौ र आवश्यक पहलको लागि समन्धित निकाय सम्म ध्यानाकर्षण गर्ने छौ सचिव एेरले भयो ।



















