[ आरएन चौधरी थारु / तिलोचन गौतम ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको राजधानी क्वालालम्पुरको कोतरायामा बिगत कैयौंबर्षदेखि रेष्टुरेन्ट,होटल ब्यवसाय गर्दै आईरहनु भएका समाजसेवी ब्यवसायी दिल केरुङ लिम्बूले खाद्यान्न अभाव झेलिरहेको नेपाली श्रमिकलाई खाद्यान्न सामाग्री सहयोग गरेका छ्न।
क्वालालम्पुर स्थित मिडभ्यालीमा बसोबास गर्दैआएका नेपाल ठेगाना पाँचथर निवासी उक्त नेपाली श्रमिक स्वदेश आफ्नो घर फर्किने तयारीमा रहेका थिए,तर कोरोना भाइरसको संक्रमण रोक्न मलेसिया सरकारले जारि गरेको आवागमन नियन्त्रण आदेश ( मोभमेन्ट कन्ट्रोल अर्डर , लकडाउन ) को कारण स्वदेश फर्किन पाएनन् ।
शारीरिक अवस्था समेत अस्वस्थ रहेको सो श्रमिकले यस् बिपत्तको घडीमा मलाया खबरले चालेको नि:शुल्क खाद्यान्न सहयोग अभियानमा टेलीफोन मार्फत आफु समस्यामा परेको र खाद्यान्न अभाव झेलिरहेको दुखेको सुनाएका थिए , लगतै यसै अभियानमा सामेल भैइ साथ र सहयोग गरिराख्नु भएका समाजसेवी,ब्यवसायी दिल केरुङ लिम्बूले आफ्नो ब्यक्तिगत तर्फबाट सो श्रमिक बस्ने ठाउँमै पुगेर मानिसलाई बाच्न,जिवन जिउन आवश्यक पर्ने खाद्य सामाग्री नि:शुल्क प्रदान गरि सहयोग गरेका छ्न।

खाद्यान्न सामाग्री सहयोग पाएका सो श्रमिकले खुसी व्यक्त गर्दै सहयोग गर्नुहुने सम्पुर्ण प्रती धन्यवाद ज्ञापन गरे।
बिगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा सक्रिय ब्यवसायी,समाजसेवी दिल केरुङ कोतरायामा अवस्थित परदेशी रेष्टुरेन्ट र द-गोर्खाज रेष्टुरेन्टको प्रोप्राइटर सञ्चालक समेत हुनुहुन्छ भने किरात याक्थुङ चुम्लुङ मलेसियाको बर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।




















