कतारस्थित नेपाली दूतावासले समस्यामा परेको नेपालीको तथ्यांक संङ्कलन गर्दै।

कतार := कतारमा कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली कामदार लगायतको तथ्याँक सङ्कलन गर्न सुरु गरेको छ ।

कोरोनाका कारण नेपालीलाई कुनै न कुनै हिसाबले समस्या परेको र त्यसको यथार्थ विवरण संकलन गरी समस्या समाधानमा सहजिकरण गर्न लागि तथ्याँक सङ्कलन सुरु गरेको कतारस्थित नेपाली दूताबासले सामाजिक संजाल फेसबुकमार्फत एक सुचना सार्वजनिक गर्दै जानकारी दिएका छ्न।

आफूलाई परेको समस्यासहित आफ्नो विवरण अनलाइनमार्फत फारममा स्पष्ट र यथार्थ विवरण भर्नुपर्ने व्यवस्था गरेको छ । अनलाइनमार्फत फारम भर्न कुनै समस्या भएमा दूतावासको फेसबुक पेजमा गएर म्यासेज गर्न अथवा दूतावासमा फोन गरेर आफ्नो विवरण टिपाउन सकिनेछ जनाएको छ ।
अनलाईन फर्म भर्नको लागि तलको फर्म लिङ्कमा क्लिक गर्नुहोस् :
https://docs.google.com/forms/d/e/1FAIpQLSc5nUiu-al5TSN1Id2BvleYgGEQS11Thm80KIf_QVLlqWWJMw/viewform