राजपा र समाजवादी बिच एकता/नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’।

काठमाडौं:= अन्ततः लामो समयको रसाकसीपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको छ।

बुधबार मध्यरातमा नेताहरुले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने पत्रमा उल्लेख गरिएको छ। झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुने जनाइएको छ।
एकताको सहमति पत्रमा राजपा पार्टीको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र सरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।

[ दुई पार्टी बिच भएको एकताको सहमति पत्र ]

केहिदिन अगाडि मात्रै नेकपाले ४०% बहुमत सहित पार्टी छुट्याउन पाउने अध्यादेश पारित गरेका थिए ।
कतिपय नेपाली जनताहरुले ओलीले मधेसवादी दललाई फुटाउन क्षड्यन्त्र गरिरहेको आङ्कलन समेत गरेका थिए ।
लगतै राजेन्द्र महतोले पत्रकारहरुसंगको कुराकानीको क्रममा चाडैंनै राजपा र समाजवादी बिच एकता हुने बताएका थिए।