क्वालालम्पुर(मलेसिया):= मलेसिया सरकारले केहिदिन अगाडिमात्रै मलेसियामा कार्यरत र बसोबास गरिरहेका स्थानीय नागरिकसंगै बिदेशी नागरिकको पनि नि:शुल्क सामुहिक कोरोना परिक्षण गर्ने बताएका थिए ।
सोही सामुहिक काेराेना परिक्षण नीतिअनुरुप नेपालीहरुको प्रमुख बजार भनेर चिनिने क्वालालम्पुरमा अवस्थित काेतारायाको माईडिन बसपार्कमा हिजो बुधबारको दिन मलेसियाको स्थानीय नागरिकसंगै नेपाल,बाङ्गलादेश,इन्डोनेसिया,भियतनाम लगायत अन्य मुलुकको गरि लगभग १ हजार जना मानिसको ब्लड र खकार लिएर काेराेना परिक्षणकाे लागि नमुना सङकलन गरि लगिएको गैरआवासीय नेपाली संघका आईसीसी सदस्य , ब्यवसायी टेक टमाटाले जानकारी गराउनुभयो।


आईसीसी सदस्य टमाटाका अनुसार पासपोर्टकाे आधारमा फारम भरेर डाक्टरहरुले सजिलै काेराेना परिक्षणकाे नमुना सङकलन गरेकाे र उक्त परिक्षणकाे रिपोर्ट आगामी अप्रिल २७ तारिख (लगभग ५ देखी ७ दिन) सम्ममा आउने उनले बताए । साथै उनले भने डाक्टरले जानकारी गराएअनुसार परिक्षण सकिएपछि फोन मार्फत सम्पर्क गरेर रिपोर्ट बारे जानकारी गराउनेछ्न । यदि कुनै मानिसमा कोरोना संक्रमण देखिए क्वारेन्टाइनमा राखेर उपचार गरिने जनाइएको छ।
काेराेनाकाे कारण मलेसियामा हालसम्म ९३ जनाले ज्यान गुमाएका छन भने ५ हजार ५३२ जनामा संक्रमण पुष्टि भएकाे छ । जस अन्तर्गत ३ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ ।
मलेसियाले काेराेनाकाे संक्रमण बिदेशी कामदारहरुमा हुन सक्ने भन्दै बिदेशी कामदारहरुलाई लक्षित गरि सामुहिक काेराेना परिक्षण ठाउँ ठाउँमा सुरु गरेकाे स्थानीय सञ्चार माध्यमहरुले समेत समाचारमा उल्लेख गरेका छ्न।



















