जनउद्धार केन्द्रद्वारा खाद्यान्न अभाव झेलिरहेका १२ नेपालीलाई खाद्यान्न सहयोग।

[मलाया खवर / तिलोचन गौतम ]

मलेसिया सरकारले COVID-19 (कोरोना भाइरस)को संक्रमणबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्न तथा नियन्त्रण गर्नकालागि गत महिना मार्च १८ देखि जारि गरिएको (Movement Control Order) आवागमन नियन्त्रण आदेश,एमसिओको कारण पेनाङ्गको (Sanmina scl systems (m) sdn.bhd ) नामक कम्पनीमा कार्यरत स्वदेश फिर्कन लागेका १२ जना नेपाली हवाई टिकटरद्ध भइ बसिरहेका खाद्यान्न अभाव झेलीरहेका नेपालीलाई जनउद्धार केन्द्र मलेसियाले खाद्य सामाग्री सहयोग गरेको छ।

करार अवधी सकिएर घर फर्किने तयारीमा रहेका उनिहरु काम गर्ने कम्पनीले पनि खासै चासो नदेखाएको र साथमा भएको रकम समेत नेपाल पठाइसकेको भएकाले खाद्यान्न अभाब झेल्नुपरेको दु:ख सुनाउदै जनउद्धार केन्द्रसंग सहयोगको याचना गरेका थिए। लगत्तै केन्द्रका कोषाध्यक्ष देबेन्द्र गिरिले उनिहरुलाई प्रत्येक्ष भेटेर केहिदिन को लागि पुग्नेगरि खाद्यान्न सामाग्री उपलब्ध गराएका छन ।

समस्यामा रहेका चमार सिं लामा, राजमान लामा, रबिन्द्र लामा, बिजय भन्डारी, बिकास देउवा, किशन शाही, महेन्द्र पाठक, बेदप्रसाद नेपाल, हरिशरण भन्डारी, उमेश जयसवाल, हरि खत्री र आकाश जिमि लगायतको नेपालीहरु रहेका थिए।

जनउद्धार केन्द्रले तत्कालको समस्या टारिदिएकोप्रती रिणि रहने बताउदै आफुहरुले यस बारे नेपाली दूतावासमा समेत खबर गरेको सुनाए ।
आवश्यक पर्दा जनउद्धार केन्द्रलााई सम्झनुहोस हामी संग सम्पर्क गर्दै गर्नुहोस हामी तपाईं हरुलाइ त्यस्तो केही समस्या पर्दा सहयोग गर्नेछौ भन्ने आस्वासन सहित तत्कालै खाद्यान्न उपलब्ध गराइदिएकोमा खुसी समेत ब्यक्त गरेका थिए।