क्वालालम्पुर ( मलेसिया ):= मलाया खवरको माध्यमबाट कोरोना भाइरसको यस् बिपत घडीमा मलेसियामा रहेका नेपाली कामदारहरु भोकभोकै नपरुन भन्ने उदेश्यले नि:शुल्क खाद्यान्न सामाग्री बितरण अभियान चलाइरहेका छ्न।
यस् अभियानमा मलेसियामा बसोबास गरिरहेका ब्यापारी, ब्यवसायी,समाजसेवी,सामाजिक संघसंस्था,श्रमिक लगायतको सहयोग सहकार्यमा मलेसियामा जारि मोभमेन्ट कन्ट्रोल अर्डर ल,आवागमन नियन्त्रण आदेश (एमसिओ) को कारण खाद्यान्न अभाव झेलिरहेको आर्थिक समस्या भोगिरहेको लगभग ५० जनाभन्दाबढि नेपाली श्रमिकलाई अभियानमा जोडिएकोहरुले खाद्यान्न सामाग्री र आर्थिक उपलब्ध गराई सहयोग गरिसकेका छ्न।
खाद्यान्न सामाग्री सहयोगकै क्रममा प्रवासी नेपाली समन्वय समिती (pncc) ले मलेसियाको स्थानीय गैर सरकारी संस्था आवर जोर्नि नामक संस्थासंगको समन्वय र सहयोगमा ८ जना नेपालीलाई खाद्यान्न सामाग्री नि:शुल्क प्रदान गरि सहयोग गरेकाछ्न।


रोजगारदाता कम्पनीसंगको श्रम सम्झौता सकिएर नेपाल आफ्नो घर फर्किने तयारीमा रहेका ८ जना नेपाली श्रमिक एमसिओको कारण घर फर्किन नपाएर भिसा सकिएर,फ्लाइट क्यान्सिल भएर लगभग डेढ महिनादेखि रुममै बसिरहेका ति नेपालीहरु पछिल्लो समय खाद्यान्न अभावको समस्या बाट गुज्रिरहेको दुखेसो सुनाउदै मलाया खबरलाई आवश्यक सहयोग गरिदिनुहुन याचना गरेका थिए ।
लगतै स्थानीय एनजीओ आवर जोर्निले मानिसलाई बाच्न आवश्यकपर्ने अतिआवश्यक खाद्यान्न सामाग्री उपलब्ध गराइ ति नेपालीहरुलाई सहयोग गरेको यसै अभियानमा सामेल एनआरएनए मलेसियाका महासचिव हेमराज सापकोटाले जानकारी गराउनुभयो। खाद्यान्न सामाग्री पाएलगतै ति कामदारहरुले खुसिहुँदै सहयोग गर्नुहुने संघसंस्था,मलाया खबर मिडिया परिवार र ब्यक्तिहरुप्रति धन्यवाद ज्ञापन गरे ।




















