प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर यताउता जाने माथी तिब्र आक्रोश पोखेका छ्न । प्रधानमन्त्रीले कसैलाई पनि गाउँ जान नदिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्यसँग छलफल गर्दै कसैलाईपनि गाउँ जाननदिन कडा निर्देशन दिएका हुन् । उनले हिंंडेर गाउँजानेहरु माथी आक्रोश पोख्दै भने ” खानालाई समस्या छ्न भने सरकारलाई भन्नुस , खाना दिन्छम तर हिेंंडेर कोहिपनि यताउता नजानुस उनले भने।”
मानिसहरु लकडाउनको बेला हिँडेरै आफ्नो गृह जिल्ला जान थालेका बेला शुक्रवारको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई समस्या परेका मानिसलाई खानाको व्यवस्था मिलाउन पनि भनेका हुन् ।
बैठकमा पैदलै घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने वा जसरी पनि घर जान चाहनेलाई उच्च सुरक्षासहित जिल्ला सदरमुकामसम्म पुर्याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने विकल्पमा छलफल भएको पनि बैठकमा सहभागि एक सदस्यले जानकारी दिए । बैठकमा सुरक्षा अंगका प्रमुखहरुलाई पनि बोलाइएको थियो ।



















