क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा हालसम्म ६ सय १ जना बिदेशी श्रमिकहरुमा काेराेना संक्रमण देखिएकाे तथ्यांक सार्वजनिक भएकोछ ।
मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डाक्टर नुर हिजाम अब्दुल्लाहले जनाएअनुसार अहिलेसम्म ६ सय १ जना विदेशी नागरिकमा काेराेना संक्रमण र तीन जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन तर मृत्यु हुनेहरू कहाँ , कुन देशको हुन ? खुलाइएको छैन भनेर स्थानीय अनलाईन मिडिया बेरनामाले समाचारमा उल्लेख गरेका छ्न।
ईन्डाेनेसिया देशका नागरिक- १०८ जना, फिलिपिन्स -१०४ जना, बङलादेशी-६३ जना, भारतीय -६० जना, पाकिस्तानी -५१ जना रहेका छन, भने बांकी अन्य मुलुकका नागरिक संक्रमित रहेकाे समाचारमा जनाइएको छ।
यिनिहरु मध्य कतिपय आप्रवासी श्रमिक , पर्यटक र शरणार्थी समेत रहेकाे उल्लेख गरिएकाे छ ।
महानिर्देशक नुर हिजामका अनुसार ६ सय १ विदेशी संक्रमित मध्ये ३ सय ५६ जना उपचाररत रहेको जनाइएको छ।साथै उनले मन्त्रालय द्धारा आयाेजित एक पत्रकार सम्मेलनमा बाेल्दै ,”याे राेग विदेशबाट आयातित भएकाे र सिङगापुरमा पनि विदेशीबाट संक्रमण फैलिएकाले विदेशी कामदार निर्भर कम्पनीले उच्च सुरक्षासतर्कता साथ कामम लगाउनुपर्ने र विदेशबाट फर्केमा मलेसियनहरु पनि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बताएका छन ।
मलेसियामा दुईजना नेपालीमा काेराेना संक्रमण भएकाेमा उपचारपछि उनीहरू सकुशल काममा फर्कि सकेका छन ।
हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । मलेसियामा ५ हजार २ सय ५१ जनामा संक्रमण देखिएकाेमा २ हजार ९ सय ६७ जनाले स्वास्थ्य लाभ गरेका छन।(source :bernama )



















