मलेसियामा एमसिओ उलंघन गर्ने १२ नेपालीश्रमिक छुट्टाछुट्टै स्थानबाट पक्राउ।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा छुट्टाछुट्टै स्थानबाट एमसिओ उलंघन गरेको आरोपमा १२ जना नेपाली श्रमिकहरु पक्राउ परेका छ्न ।

मलेसियाको पोर्टकेलाङमा बस्ने पाँच जना नेपाली श्रमिकलाई मोभमेन्ट कन्ट्रोल अर्डर (mco)आवागमन नियन्त्रण आदेश उलंघन गरेको आरोपमा मलेसियन प्रहरीले पक्राउ गरेका छ्न ।
वर्क फोर्स नामक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि सेक्युरिटीगार्डमा कार्यरत पाँच जना नेपालीहरु अप्रिल १४ तारिख मंगलबारको दिन साँझको समयमा रुम भन्दा बाहिर नजिकै रहेको तरकारी पसलमा समुहमै खाद्य सामाग्री किन्न जानेबेला रुमबाट सडकमा निस्किने बितिक्कै उनीहरुलाई प्रहरीले पक्राउ गरेर लगेको उनीहरुसँगै रुममासंगै बस्ने राम तामाङले जानकारी गराउनु भयो ।

पक्राउ पर्नेहरुमा नेपाली श्रमिकहरु दिनेश यादव , राजेश चमार , सुरेश प्रसाद चमार , भगिरथी मल्ल , सुन्दर राई रहेको जनाइएको छ । मलेसियामा तेस्रो चरणको एमसिओ अवधी अप्रिल २८ तारिखसम्म तोकिएको छ ।
प्रहरीले पक्राउ गरेका ती पाँचजना एकैपटक समुह बनाएर निस्किएकाले एमसिओ उलंघन गरेकाले पक्राउ गरेको बताएका छ्न । पक्राउ परेका नेपालीहरुलाई सेक्युरिटी कम्पनी म्यानेजर प्रहरीचौकी पुगेर छुटाउने प्रयासगरेपनि असफल भएको राम तामाङले बताए । उनले भने ” कम्पनी म्यानेजरले बताए अनुसार तिन दिनपछि मात्रै छुट्ने कि नछुट्ने जानकारी हुने बताउनु भयो ।”

त्यसैगरी मलेसियाको जोहोरबारुमा अवस्थित ओसिएस पिडब्लुयु नामक कम्पनीसंग आबद्ध रहि हाउसकिपिङको काम गर्दै आईरहेका नवलपरासीका गोविन्द चौधरी, मोरङका उमेशकुमार चौधरी, झापाका सुशील उराउ र कञ्चनपुरका रमेश राना लगायतकोलाई एमसिओ उलंघन गरेकै आरोपमा मंगलबार साझ प्रहरीले पक्राउ गरेर लगेको जोहोरबारुबाट अभिषेक कार्कीले बताए। पक्राउ परेका ती चारैजना नेपालीलाई कम्पनीले छुटाउने प्रयास गरिरहेको जानकारी प्राप्त भएका छ्न।

मलेसियामै सुबाङजाया एसएस फिफ्टी भन्ने ठाउँबाट डोफिन सेक्युरिटी सर्भिस नामक कम्पनीमा आबद्ध तीन जना नेपाली सेक्युरिटी गार्ड नर बहादुर क्ष्रेष्ठ , रमेश सुनार , रमेश बस्नेत लगायतकोलाई एमसिओ उलंघन गरेको आरोपमा आज बुधबार प्रहरीले पक्राउ गरि लगिएको सोहि कम्पनीमा कार्यरत दिपक नेपालीले बताउनुभयो।

यसअघि पनि थुप्रै नेपाली श्रमिकहरु मलेसियाको विभिन्न स्थानबाट एमसिओ उलंघन गरेको आरोपमा पक्राउ परिसकेको छ्। आज बुधबारदेखि मलेसियामा एमसिओ उलंघन गर्नेलाई झन कडाइको साथ करवाही गर्ने रक्षामन्त्री इस्माईल साबरी याकोबले सञ्चारकर्मीहरुसंगको कुराकानीको क्रममा बताईसकेका छ्न।