जनउद्दार केन्द्र सम्पर्क समिती लभलेनले नेपाली श्रमिकलाई गरे नि:शुल्क खाद्यान्न सहयोग।

क्वालालम्पुर ( मलेसिया ):= जनउद्धार केन्द्र मलेसियाले लकडाउनका कारण खानाको लागि समस्या परेका पिडित हरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
‘श्रमिकको हित हाम्रो चाहाना पिडितको उद्दार हाम्रो कामना”भन्ने मुल नारा सहित स्थापना भएको समाजिक संस्था जनउद्वार केन्द्र मलेसियाले एक पछि अर्को गर्दै बिभिन्न तहमा विशेष भुमिका निर्वाह गर्दै आएको छ । विश्व नै कोेरोना माहामारीको रुपमा फैलिएको छ यो प्रत्यक्ष प्रभाव मलेसियामा पनि परेको छ। मलेसियाले तेस्रो पटक लकडाउन गरे सँग सयौ नेपाली हरुलाई खानाको लागि निकै समस्या परेको छ ।

( जनउद्दार केन्द्र पेनाङ सम्पर्क समिती लभलेनको पदाधिकारीहरु )

यस्तै जनद्वार केन्द्र र जनउद्वार सम्पर्क समिति लभलेनको सहकार्यमा मलेसियाको पेनाङ्गमा रहेका विभिन्न पिडित ब्याक्तिहरुलाइ खाद्यन सामाग्री सहयोग गरेको छ । लकडाउनले कम्पनी समेत बन्द भए पछि खानाको लागि समस्या भएको खबर जनउद्वार सम्पर्क समितिलाई प्राप्त भए लगत्तै हामिले खाद्यान्न सामग्री वितरण गरेको जनद्वार सम्पर्क समितिका अध्यक्ष बालकृष्ण भण्डारीले बताउनु भयो । मलेसिया सरकारले जारी गरेको लक डाउनलाई पुर्णरुपमा पालन गर्दै लभलेन सम्पर्क समितिका कोषाध्यक्ष देभ सिह धामी लगायतको सहभागीता खाद्यान्न सामग्री वितरण गरेको भण्डारीले बताउनुभयो ।

सम्पर्क समितिका सचिव प्रितम थापा भनु हुन्छ- एतिबेला कसलाई के पर्छ भन्न सकिँदैन कतै पिडित अलपत्र परेको छन त कतै देश नै बन्द छ कतै हस्पिटलको कमि कतै खाद्यान्नको कमि भएको छ। यस समयमा हामि सबै नेपालीहरु हातमा हात काधमा काध मिलाएर अगाडी बढ्न जरुरी छ । विशेष गरि प्रदेश मा बस्ने सम्पुर्ण लाई एकले अर्कोलाइ सहयोग गर्न समेत थापाले अनुरोध गर्नु भयो ।मलेसियामा लक डाउनले गर्दा कसैलाई खानको लागि समस्या भए तुरुन्तै जनउद्वार केन्द्र मलेसियालाई सम्पर्क गर्न समेत आग्रह गरेका छौं सम्पर्क समितिका अध्यक्ष बालकृष्ण भण्डारीले बताउनुभयो ।

मलाया खबरले चालेको यस् अभियानमा कोहि जोडिन चाहनुहुन्छ भने अथवा समस्यामा परेको कुनै नेपाली नागरिकलाई सहयोग चाहिएको हो भने निम्न मोबाईल नम्बरहरुमा फोन गरेर अथवा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। +60147488888/ +601111877340 / +60178062545/ +60127549850