क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरसको संक्रमणबाट बिश्वभरिमा अहिलेसम्म १ लाख ९ हजार २ सय ८८ जना मानिसको मृत्यु भएका छ्न । १७ लाख ८७ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
लगभग ५ लाख नेपाली श्रमिक कार्यरत मलेसियामा पनि अहिलेसम्म ७६ जना मलेसियन नागरिकको मृत्यु भएको र ४ हजार ६ सय ८३ जना संक्रमित फेला परेको मलेसियाका स्वास्थ्य मन्त्रालयको महानिर्देशक डाक्टर नुर अब्दुलाह हजिम बिनले हरेकदिन सार्वजनिक गर्ने बिज्ञप्ति मार्फत जनाएका छ्न।
२ हजार ४ सय ६२ जना संक्रमित फेला परेका छ्न भने इमर्जेन्सी कक्षमा ७२ जना उपचाररत रहेका छ्न । यता २ हजार १ सय ८ जना उपचार सकिएर निको भएर सकुशल घर फर्किसकेको बताइएको छ।

कोरोना भाइरसको संक्रमण बाट अहिलेसम्म कुनै पनि नेपाली नागरिकको मृत्यु भएको छैन। दुई जना नेपालीमा संक्रमण देखिएपनी ती नेपालीहरु उपचारको क्रममा क्वारेन्टाइनमा सकुशल नै रहेको जनाइएको छ । एक जना नेपाली मलेसियाको केलाङ भन्ने ठाउँमा काम गर्दै आईरहेका थिए भने अर्को चेरासमा काम गर्दैआईरहेको जानकारी प्राप्त भएको छ। कोरोनाबाट संक्रमित बिदेशी नागरिकलाई सरकारले स्थानीय नागरिक सरह ब्यवहार गर्दै यहाँका सरकारी अस्पतालमा नि:शुल्क उपचारको ब्यवस्थापन गरेका छ्न ।
मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डर ( एमसिओ ,लकडाउन ) अप्रिल २८ तारिखसम्मको लागी थप गरिसकेका छ्न ।



















