समाजसेवी,ब्यावसायी कृष्ण बहादुर आङ्देम्बेले खाद्यान्न अभाव झेलीरहेका नेपालीलाई गरे सहयोग।

किरात याक्थुङ चुम्लुङ मलेसियाका संरक्षक तथा लालीगुराँस  रेष्टुरेन्टका संचालक , समाजसेवी ब्यवसायी कृष्ण बहादुर आङ्देम्बेले मलेसियाको पुचुङमा खाद्यान्न अभाव झेलिरहेका एक नेपालि श्रमिकलाइ खाद्यान्न सामाग्री नि:शुल्क उपलब्ध गराइ सहयोग गरेका छन।

बिगत ४ दीन देखि बाध्यताबस खाद्यान्न अभाव कै कारण पानी मात्रै पिएर,पाउरोटी खाएर बसिरहेको बताउने एक नेपालीलाई खाद्य सामाग्री सहयोग गर्नुभएको हो । रेष्टुरेन्ट ब्यवसायी कृष्ण बाहादुर आङ्देम्बेका अनुसार मलेसियाको क्वालालम्पुर आसपास जो कोही नेपाली नागरिक खाद्यान्नको समस्या दर्साउदै आउछ भने आफू सहयोग गर्न तत्पर रहेको बताए ।

लकडाउनले गर्दाखेरी खाद्यान्न किन्ने ठाउँ टाढा रहेको र खाद्यान्न किन्न रकम समेत अभाव रहेकोले मलाया खबरमा प्रकाशित समाचार हेरेर उल्लेख गरिएको मोबाईल नम्बरमा सम्पर्क गर्दा राहत खाद्यान्न सामाग्री लिएर समाजसेवी कृष्ण बहादुर आङ्देम्बेले हामी बस्ने रुममै आई खाद्यान्न पुर्याएर सहयोग गरेर गएको सहयोग पाएका ती नेपालीले मलाया खबरको यस् अभियानमा आबद्ध सम्पुर्णलाई विशेष धन्यवाद दिन चाहन्छु ” मलाया खबरसंगको टेलिफोन वार्तामा भने “।

मलाया खबरले चालेको यस् अभियानमा कोहि जोडिन चाहनुहुन्छ भने अथवा कुनै नेपाली नागरिकलाई सहयोग चाहिएको हो भने निम्न मोबाईल नम्बरहरुमा फोन गरेर अथवा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। +60147488888/ +601111877340 / +60178062545/ +60127549850