मेडिकल सामग्री खरिद प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी।

काठमाडौं := मेडिकल सामग्री खरिद गर्दा अनियमितता, भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरिएको छ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य समेत रहनु भएका रमेश पौड्यालले यतिबेला लकडाउनको कारण बाहिर निस्किन र यताउता जान नमिल्ने भएकोले, लकडाउनको पालना गर्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेबसाईटमार्फत अनलाइन उजुरी गरेको विवेकशील पार्टीले सञ्चारमाध्यमलाई जानकारी गराएको छ।

बजार दरभन्दा धेरै  महँगोमा  मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सर्बत्र आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको छ। 

केहिदिन अगाडी बसेको नेपाल सरकारको मन्त्रीपरिषदको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल सामाग्री खरिद प्रकरण बारे मन्त्रीहरुसित जवाफ् मागेका थिए तर उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री जवाफ् नदिइ चुपचाप बसिरहेको , जवाफ् दिन आवश्यक नठानेको बिषयमा विभिन्न सञ्चारमाध्यमले समाचार समेत सम्प्रेषण गरेका थिए ।

उजुरीमा लगाइएका आरोप यस्तो छ्न :

• तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको,
• बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको,
• खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको,
• मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको,
• वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको,  
• विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको,
• यस अघिका ठुला भ्रष्टाचार काण्डहरू (वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि) मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको l