मलेसियामा एमसीओ (MCO) उलंघन गर्ने ४ नेपाली पक्राउ/१ हजार रिंगेट जरिवाना,३ महिना जेल सजाय।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना रोकथामको लागी , अहिले मोभमेन्ट कन्ट्रोल अर्डर,आवागमन नियन्त्रण ( MCO ) जारी गरेको गरेको छ। मोभमेन्ट कन्ट्रोल अर्डर ( आवागमन नियन्त्रण MCO ) अवधीभरी एक ठाउँबाट अर्को ठाउँमा जान,टाढा टाढाको यात्रा गर्न रोक लगाइएको छ ।

यस् अवधीभरी एक जनाभन्दा बढीको समुहमा मानिसहरु भेला,जमघट गर्न नमिल्ने, आ-आफ्नो रुममै सुरक्षित साथ बस्ने, अतिआवश्यक खाद्यान्न सामाग्री किन्न परे मात्रै एक जना बाहिर पसलमा जान मिल्ने लगायतको नियमहरु जारी गरेका छ्न तर केहि बिदेशी नागरिकहरु संगै नेपाली श्रमिकहरु समेत मोभमेन्ट कन्ट्रोल अर्डर पालना नगरेको भनी मलेसियन अध्यागमन प्रहरीले पक्राउ गरेका छ्न।

बाङ्गलादेशी एक जना, पाकिस्तानी एक जना र नेपाली चार जना तामानसेरी कुरुङबाङ स्थित मैदानमा जमघट भैइ, भेला भएर कुराकानी गरिरहेको बेला पक्राउ परेको मलेसियन इमिग्रेसन डिपार्टमेन्टले समाजिक संजाल फेसबुक मार्फत एक बिज्ञप्ति जारी गरि सो कुरा सार्वजनिक गरेका छ्न ।

एमओसी उलंघन गरेको आरोपमा पक्राउ परेका नेपालीहरु क्रमशः ४४ बर्षिय पुर्ण बहादुर लिम्बु, ३३ बर्षिय दुर्गा बहादुर सार्की, ३९ बर्षिय पुण्री प्रसाद तामाङ, २९ बर्षिय भरोसी सदा रहेको बिज्ञप्तिमा खुलाइएको छ। पक्राउ पर्ने बिदेशी लगायत नेपालीहरुलाई अप्रिल १ तारिख बुधबारको दिन अदालतमा पेश गरिएको थियो , अदालतको न्यायाधीश मोहम्मद नाजिरिन अलि रहीमले पक्राउ परेका प्रत्येक ब्यक्तिले १ हजार मलेसियन रिङ्गेट तिर्नुपर्ने र ३ महिनाको जेल सजाय तोक्दै आगामी कारवाहीको लागी अध्यागमन बिभाग पठाउन आदेश जारीगरेको बताइएको छ।

सम्मान मुद्दामा पक्राउ परेका ९ जना मलेसियन नागरिक लाई समेत ५ सय देखि १ हजार सम्म जरिवाना तिर्नुपर्ने अथवा १ महिना सम्म जेल सजाय काट्नु पर्ने सजाय सुनाएका थिए। मलेसिया सरकारले अहिले कोभिड -19 कोरोनाको संक्रमण रोकथाम गर्न , फैलिन नदिन कारवाही सहितको कडा कदम चालीरहेको देखिन्छ ।