युएई र भारतमा अलपत्र नेपालीको उद्दार गर्न सरकारसंग मजदुर एकता समाजको जोडदार माग।

संसारभरि महामारीको भयावह रुप लिई रहेको कोरोना भाइरस ( कोभिड १९) ले युएई ( दुबई ) मा समेत संक्रमणको उग्र रुप लिई रहेको अवस्थामा केही दिन अघि सामाजिक संजालमा युएईमा दर्जनौं र भारतीय सिमानाकामा सयौं नेपाली अलपत्र परेको खबर सार्वजनिक भएका थिए ।

अलपत्र परेका ती नेपालीहरुलाई खान,बस्न समेतको समस्या भएको भन्ने जानकारी अाएसंगै उक्त समस्याको समाधान साथै सिध्र उद्वारका लागि ” मजदुरको लागी मजदुर अभियान सञ्चालन गर्दै आईरहेको संस्था नेपाली मजदुर एकता समाजको ध्यानाकर्षण भएको जनाएका छ्न ।

नेपाली अलपत्र परेको घटना बारे समाजले आफ्नो ध्यानाकर्षण गर्दै नेपाल सरकार परराष्ट मन्त्रालय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभाग,दुबई स्थित नेपाली राजदुतावास भारत स्थित नेपाली राजदुतावास लगाएत विभिन्न संबंधित सबै निकायलाई यस बिषयमा गम्भीरता पुर्वक ध्यान दिएर ती नेपालीहरुको उद्दार गरिदिनुहुन ध्यानाकर्षण गराउदै हार्दिक अपिल सहित अनुरोध पत्र पठाएको छ।

नेपाली मजदुर एकता समाजले जारी गरेको ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै पढ्नुहोस् :

विषय:- गम्भीर ध्यानाकर्षण गराइएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा कोरोना (COVID-19 ) नामको विषाणुको तिव्र संक्रमण र त्रासदिको
कारण यतिबेला सारा विश्वनै संकटमा परेको यो दु:खद अवस्थामा पुन अर्को दु:खद कुरा
आएको छ । सामाजिक संजालमा दुबईमा दर्जनौं र भारतीय बोर्डर्मा सयौं नेपाली अलपत्र
परि खान बस्न समेतको समस्या भएको भन्ने जानकारी पाए संगै हाम्रो संस्था नेपाली मजदुर
एकता समाजको गम्भीर ध्यानाकर्षण भएको छ। साथै यो घटना बारे नेपाल सरकार परराष्ट
मन्त्रालय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभाग,दुबई स्थित नेपाली
राजदुतावास भारत स्थित नेपाली राजदुतावास लगाएत विभिन्न देशका विमानस्थलमा अलपत्र
कामदार र पीडितबारे संबंधित सबै निकायलाई यस बिषय प्रती गम्भीरता पुर्वक ध्यानाकर्षण गराउन चाहान्छौ ।
दुबईमा अलपत्र कामदार मध्य हामीलाई प्राप्त विवरण निम्न अनुसार रहेको छ ।

नरबहादुर नेपाली उदयपुर, नवीन नेपाली उदयपुर,राजु पराजुली 09084812,दिपक स्यान्ताङ 06726896 , प्रसान्त तामाङ 09103847 , बिनोद स्यान्ताङ,(11030799) ,मिलन पाख्रीन 06806615 ,अर्जुन स्यान्ताङ 10449994,आकाश गोले 10869109 , दिल कुमार स्यान्ताङ 11262817) , आशिष् स्यान्ताङ 08223495 , राज कुमार स्यान्ताङ 07075673,बिजय पाख्रीन 09203752,बिरबल कामी 11724740 पीडित कामदार हरुको सम्पर्क नं 009710566378389,
009710565717146,009710566378389
MB Human Resource मेनपावरबाट चार महिना अगाडी दुबईको Flex Facility managment llc कम्पनिमा गएको अहिले अलपत्र परेको हुदा तत्कालै गास बास कपासको व्यवस्था गर्न तथा सुरक्षीत तवर बाट नेपाल फर्काउन नेपाल सरकार लाइ नेपाली मजदुर एकता समाज गम्भीरतापूर्वक ध्यानाकर्षण गरादछौ।