क्वालालम्पुर ( मलेसिया ):= विश्व ब्यापी रूपमा महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरसको सङ्क्रमण मलेसियामा पनि तिब्र रुपमा फैलिदै गैईरहेको छ।
मलेसियाका विभिन्न राज्यमा अवस्थित स्थानीय सरकारी अस्पतालमा उपचाररत रहेका मध्य ३५ जना कोरोना सङ्क्रमित नागरिकहरुको मृत्यु भैईसकेको छ।
मलेसिया स्थित स्वास्थ्य मन्त्रालयको जेनेरल डाइरेक्टर दातोक डाक्टर नुर हिजाम अब्दुलाहले नियम प्रेस बिज्ञप्ति मार्फत जनाए अनुसार कोरोनाको कारण अहिलेसम्म यहाँका विभिन्न राज्यहरुमा गरेर आज सोमबार सम्म आईपुग्दा ३५ जना नागरिकले ज्यान गुमाईसकेका छ्न भने अहिले लगभग २ हजार ४ सय ७० जना भन्दा बढी मानिसमा कोरोनाको संक्रमण फेला परेको र लगभग ३८८ जना उपचार सकिएर सकुशल घर फिर्ती भैईसकेको अन्य ७३ जना भन्दा बढीको आईसियु,इमर्जेन्सी कक्षमा उपचार भैईरहेको बताईएको छ । साथै तथ्यांकअनुसार अझैपनी हजारौं-हजार संक्रमित आशँका गरिएको मानिसहरुको स्वास्थ्य चेकजाँच जारी रहेको छ।
कोरोनाको संक्रमन दिनप्रतिदिन थपिदै गैइरहेकोले यतिबेला मलेसियामा बसोबास गर्नेहरुले पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिएको छ। मलेसियामा कोरोना थप मानिसमा फैलिन नदिन मलेसिया सरकारले मार्च १८ तारिख देखी ३१ तारिखसम्म लागु गरेको ( मोभमेन्ट कन्ट्रोल अर्डर )आवागमन प्रतिबन्ध , लकडाउन अवधी समेत आगामी आउने महिना अप्रिल १४ तारिख सम्मको लागी थप गरिसकेका छ्न ।

मलेसियामा सरकार ले गरेको लकडाउनका बाबजुद पनि केही अतिआवश्यक बस्तु उत्पादन गर्ने कम्पनीहरु समेत सुचारु रहेको छ्न भने अन्य केहि कम्पनी हरु आफु र आफ्नो कामदारको स्वास्थ्यको ख्याल गर्दै बन्द गरेको अवस्था छ्न।
बिस्वभरि नै महामारीको रुप लिएर फैलिदै गरेको यो भाइरसका कारण उच्च सतर्कता अपनाउनुको बिकल्प नरहेको तर उच्च जोखिम हुदाहुदै पनि मलेसियामा सुरक्षागार्ड लगाएतका अत्यावश्यक सम्मान उत्पादन गर्ने कम्पनीहरु चालुनै रहेकोले त्यस्तो अवस्थामा कोरोनाले यहाँ कार्यरत करिब ५ लाख बढी नेपाली कामदारको समेत ज्यान लिनसक्ने खतरा बढ्दै गैइरहेको र यस् बिषयबारे गुनासो समेत बढ्दै गैइरहेको छ्न ।

अहिलेसम्म मलेसिया सरकारको तथ्यांक अनुसार कुनैपनी नेपाली कामदार लाई सङ्क्रमण नभएको भएता पनि नेपाली कामदारले उच्च सतर्कता अपनाउन नपाएको र आफुले काम गर्दै आएको देशको नेपाली कुटनैतिक निकायले एस विषयमा गम्भीर भएर लाग्नुपर्ने र आफ्ना देशका नागरिक लाइ सङ्क्रमण बाट बचाउन विशेष पहलका साथै कहि तेस्ता सङ्क्रमित नेपाली भेटिए उपचारको उचित बाताबरण मिलाउन पर्ने बताउदै आएका छन।

मलेसियामा अझैपनी अनुमानीत २० औं हजारको सङ्ख्यामा नेपाली कामदार अबैधानिक रुपमा लुकिछिपी काम गर्दै आइरहेका छ्न । यहाँ रहेका बैधानिक र अबैधानिक कामदारमा भाइरसको सङ्क्रमण देखिहालेमा के कसरी उपचार गर्ने ? भन्ने नेपाली दूतावासलाई सोधेको हाम्रो प्रश्नमा दूतावासले जवाफ् दिदै भने कि “मलेसिया सरकारले जानकारी गराए अनुसार घोषणा गरे अनुसार कुनै बिदेशी नागरिकमा कोरोना संक्रमन देखिएको,प्रमाणित भएको खण्डमा सरकारी अस्पतालमा नि:शुल्क (free) मा उपचार गर्न पाउने जानकारी आएको बताए।
तर मलेसिया सरकारले समेत ती बिदेशी कामदार बैधानिक कि अबैधानिक हुनुपर्ने प्रष्ट नखुलाएइको कारण यसमा चाहिँ अन्यौलता रहेको प्रष्टाउदै विशेष अनुरोध गरे कि ” आसा गरौं कोरोना भाइरसवाट कुनै नेपाली कामदार संक्रमित नहोस र सबै सुरक्षित साथ रहुन बसुन “।
कुनै नेपाली कामदारलाई समस्या परेको बेला दूतावासबाट चाहिने आवश्यक सहयोग चाहिएको खण्डमा दूतावासको टेलीफोन नम्बर नम्बर ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सक्नुहुनेछ । अथवा दूतावासको हटलाईन नम्बर +60162472777 मा कल गरेर नभए ह्वाट्सएप गरेर सम्पर्क गर्न सक्नुहुनेछ्,जानकारी गराउन सक्नुहुनेछ ।




















