तिलोचन गौतम
क्वालालम्पुर,मलेसिया,
विश्व ब्यापी रूपमा महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरसको सङ्क्रमण मलेसियामा तिब्र बन्दै गएको छ ।हिजो मात्रै मलेसियाका विभिन्न हस्पिटलमा उपचाररत रहेका ७ जना सङ्क्रमितहरुको मृत्यु भएको छ। मलेसियामा यसरी एक दिनमा भाइरसका कारण मृत्यु भएको यो पहिलो ठूलो सङ्ख्या हो ।यसरी एकै दिनमा एत्तिका मानिस को मृत्यु हुनुले मलेसियामा पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिएको छ। मलेसिया सरकारले भाइरसका कारण थप मानिस सङ्क्रमणमा नपरुन भन्ने उदेश्यले रोक थामका लागि तथा सङ्क्रमित हरुको उपचारको लागि भन्दै मलेसियामा लक डाउन गरेको छ।
मलेसियामा सरकारले गरेको MOC बाबजुद पनि केही तेस्ता कम्पनीहरु जो अत्यावश्यक समान उत्पादन गर्छन् ती लगाएत एकाद बाहेकका सबै कम्पनीहरु बन्द रहेका छ्न। बिस्वभरि नै महामारी फैलल्दै गरेको यो भाइरसका कारण उच्च सतर्कता अपनाउनुको बिकल्प नरहेको तर उच्च जोखिम हुदाहुदै पनि मलेसियामा सुरक्षागार्ड लगाएत का अत्यावश्यक सामान उत्पदन गर्ने कम्पनीहरुमा कार्यरत नेपाली कामदार उच्च जोखिममा रहेको तर आफुहरु काम गर्ने कम्पनीहरु चालू रहेकै कारण काममा जानुपर्ने भएको थुप्रै गुनासो आएका छ्न।
अहिलेसम्म मलेसिया सरकारको तथ्यांक अनुसार कुनैपनी नेपाली कामदारलाई सङ्क्रमण नभएको भएता पनि नेपाली कामदारले उच्च सतर्कता अपनाउन नपाएको र आफुले काम गर्दै आएको देशको नेपाली कुटनैतिक निकायले एस विषयमा गम्भीर भएर लाग्नुपर्ने र आफ्ना देशका नागरिक लाइ सङ्क्रमण बाट बचाउन विशेष पहल का साथै कहि तेस्ता सङ्क्रमित नेपाली भेटिए उपचारको उचित बाताबरण मिलाउन पर्ने बताउदै आएका छन।




















