काठमाडौं । पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलको संयोजकत्वमा रहेको ‘हाम्रो नेपाल सुशासन अभियान’ले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बिरामीको उपचारमा खटिने सुरक्षाकर्मी, चिकित्सक र नर्सलाई प्रोत्साहित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले शनिबार जारी गरेको ६ बुँदे ध्यानाकर्षणमा भनिएको छ, ‘कोरोना संंक्रमण अन्य प्राकृतिक विपदभन्दा विल्कुलै फरक भएका कारण हामीले चाहेर पनि प्रत्यक्ष रूपमा अघि सरेर योगदान गर्न नसकिने अवस्था भएकाले जिम्मेवार र तुलनात्मक रूपमा सुरक्षित भई कार्य गर्ने क्षेत्रबाट देखाउने क्रियाशिलताको ठूलो भूमिका रहेको छ । यो भनेको राज्य संयन्त्रको अगुवाई र भूमिका नै हो । जिम्मेवार पदमा आसिनहरूले यो संकटको घडीमा खेल्ने भूमिका र देखाउने योग्यता महत्त्वपूर्ण हुन्छ ।’ यो संकटपूर्ण घडीमा संक्रमित व्यक्तिको पहिचान र द्रुत आइसोलेसन तथा उपचार , सामाजिक दुरी पालना र लकडाउनमा सबैको ध्यान जानु आवश्यक रहेको पनि अभियानले प्रष्ट पारेको छ । अप्रत्यासित रूपमा आएको यो संकटले विप्पन्न र गरिब वर्गलाई बढी पीडा दिएको हुँदा रोजगारविहीन अवस्थामा जीवनयापनका लागि सरकारले तुरुन्त आर्थिक राहत उपलब्ध गराउन जरुरी भएको अभियानको ठहर छ । सर्वसाधारणलाई अत्यावश्यक खाद्यलगायत वस्तुहरूको आपूर्तिका लागि भरपर्दो र सुरक्षित उपाय अवलम्बन गरिनुपर्ने आवश्यकता देखिएको पनि जनाइएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यो संकटको घडीमा अहोरात्र खटिएका डाक्टर, नर्स, प्यारामेडिकल, सुरक्षाकर्मीलगायत राष्ट्रसेवकहरूलाई उनीहरूको जीवनरक्षा गर्न र कार्यको मूल्यांकन गर्दै उत्प्रेरणा जगाउन राष्ट्रले यथेष्ट ध्यान पुर्याइ साधनस्रोत सम्पन्न बनाउन अपरिहार्य विषय छ ।’ लकडाउन परिचालनका लागि सहर–बजारमा ध्यान केन्द्रित भएको अवस्थामा देश बाहिर (रोजगारीबाट) आएका र सहरबाट गाउँतर्फ गएका व्यक्तिहरूबाट अवस्थाको पालना भए–नभएको बारे सम्बन्धित निकायले ध्यान पुर्याइ यो कुराको महत्त्व दिई सामाजिक चेतना जगाउन यथेष्ट ध्यान दिन पनि अभियानले माग गरेको छ । ‘यो संकटपूर्ण बेला सबैले नैतिकता, इमानदारिता र पारदर्शिता कायम गरी सुशासनको प्रत्याभूति गर्नु परम कर्तव्य हुन आउँछ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘कालोबजारी, मिसावट, लुकाउने, होर्डिङ गर्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति महापाप हो र यसलाई सबैले बुझ्नु र मनन गर्नु परम कर्तव्यको विषयसमेत हो । यो महामारीबाट हामी सबै चाँडै मुक्त हुन सकौं ।’
भर्खरै
युवालाई दक्ष बनाउने अभियानमा एभरेस्ट मल्टी स्किल्स, मन्त्री यादवद्वारा उद्घाटन।
भक्तपुर:= बेरोजगारी न्यूनीकरण, दक्ष जनशक्ति उत्पादन र युवालाई रोजगारीका अवसरसँग जोड्ने उद्देश्यसहित भक्तपुरको दधिकोटमा एभरेस्ट मल्टी स्किल्स प्राइभेट लिमिटेड सञ्चालनमा आएको छ।
युवा, श्रम तथा...
“प्रवासी नेपाली मञ्च” राष्ट्रिय कमिटी मलेसियाको अध्यक्षमा खगेन्द्र क्ष्रेष्ठ सर्वसम्मत।
क्वालालम्पुर (मलेसिया):= नेकपा (एमाले) निकट प्रवास संगठन "प्रवासी नेपाली मञ्च" राष्ट्रिय कमिटी मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खगेन्द्र श्रेष्ठको अध्यक्षतामा...
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित, खड्गी पराजित।
काठमाडौँ:= नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सभापति पदमा उम्मेदवार गगनकुमार थापा निर्वाचित भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार थापा सभापति...
BREAKING NEWS : मलेसियामा कार्यरत सबै श्रमिकको न्युनतम पारिक्ष्रमिक आरएम २,००० बढयो।
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले देशभित्र कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक "BASIC SALARY" लाई बढाएर प्रति महिना आरएम २,००० मलेसियन रिङ्गीट पुर्याउने घोषणा गरेको छ।
सरकारको प्रधानमन्त्री...
मलेसियामा ‘बजेट २०२७’ आउँदै, के विदेशीको बेसिक सेलरी RM २००० बढलान् ?
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री एवं अर्थमन्त्री दातोक स्री अनवर इब्राहिमले आज (शुक्रबार) संसदमा देशको बहुप्रतिक्षित ‘बजेट २०२७’ प्रस्तुत गर्दैछन्। मलेसियन समय अनुसार दिउँसो ३:३०...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















