लकडाउन बढाउने सरकारको तयारी

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको अवधि बढाउने तयारी भइरहेको सरकारी उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार लकडाउनको अवधि बढाउने गरी आवश्यक तयारी थालिएको छ । चैत ११ देखि १८ गते बिहानसम्मका लागि जारी गरेको लकडाउन कति बढाइने भन्ने प्रष्ट भइसकेको छैन । स्रोतका अनुसार हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी सरकारले तयारी थालेको हो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समिति स्रोतका अनुसार अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेकोमा सरकार प्रष्ट छ ।

Views: 131