ऐजेन्सि:= काेराेना भाईरस (काेभिड-१९) काे माहामारीको कारण विश्व भरि मर्नेकाे संख्या २७ हजार ३ सय ४१ पुगेकाे छ।
काेराेनाकै कारण बिश्वको देशहरु मध्य सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा एकैदिन ९ सय १९ जनाकाे मृत्यु हुदा मर्नेको सङ्ख्या ९ हजार १ सय ३४ जना पुगेको छ । ईटलीमा अझै साढे ६६ हजारमा संक्रमण सक्रिय देखिएकाे छ।
अहिलेसम्म ५ लाख ९५ हजार ९ सय ५२ मा देखिकाे संक्रमणमध्य १ लाख ३३ हजार ५७ जना उपचार सकिएर सकुशल घर फिर्ती भैईसकेका छ्न । सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ । अमेरिकामा १ लाख ३७ सय २९ संक्रमित मध्ये अझै ९९ हजार ५ सय १४ जनामा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या १६ सय ९३ पुगेको छ ।
विश्वभरि फैलिएको काेराेना संक्रमण नेपालमा बढदाे अवस्था देखिएकाे छ । नेपालमा भने हालसम्म ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ ।




















