बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना संक्रमित।

एजेन्सी := विश्वभरी महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमण बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि भएको पाइएको छ ।

संक्रमणको पुष्टि भएसँगै जोनसनलाई आइसोलेसनमा राखिएको छ। कोरोना भाइरसका कारण संसारभरी ५ लाख ४९ हजार २ सय २० जना संक्रमित भएका छन् । बेलायतमा ११ हजार ६ सय भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ। हालसम्म मृत्यु हुनेको संख्या ५ सय ७८ रहेको छ ।

कोभिड–१९ को संक्रमणबाट बेलायतको लण्डन शहर स्थित ह्यारोमा बसोबास गर्दैआईरहेका नेपालको पुर्ख्यौली घर संखुवासभा घर भएका ६६ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको थियो ।
अर्का एक नेपाली मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेको जनाइएको छ।