लकडाउनको मौका छोपेर कालोबजारी गर्ने,ग्राहक ठग्ने दुईजना पक्राउ।

जनकपुर ( धनुषा ):= विश्व यतिबेला कोरोना भाइरसले त्रसित छ्न।प्रायःजसो देशमा यस् माहमारीको अवस्थामा एकले अर्को नागरिकलाई सहयोग गरिरहेका छ्न। तर नेपालमा भने कोरोनाको मौका छोपेर कालो बजारी गर्ने,सर्वसाधारणलाई ठग्नेहरुको बिगबिगी नै बढेको छ ।

पसलमा खाना पकाउने ग्यास राखेर पनि बिक्री नगर्ने र नुनमा कालोबजारी गरेको आरोपमा जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल सरकारले जारी गरेको लकडाउनको समयमा ग्यास राखेर पनि सेवाग्राहीलाई बिक्री नगर्ने र नुन प्रति किलो ३५ रुपैयाँका दरले बिक्री गर्नेलाई शुक्रबार पक्राउ गरिएको धनुषा प्रहरीले सञ्चारकर्मीलाई बताएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलिमा पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका-११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ बस्ने ४७ वर्षीय नरेश साह छन् । जयप्रकाशले ग्यास राखेर बिक्री नगरेको र नरेशले नुन महँगोमा बिक्री गरेको पाइएपछि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।