टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ ले आक्रामक व्यापार गर्दै।

एजेन्सी:= बलिउडका जल्दाबल्दा नयाँ स्टार टाइगर श्राफ र श्रद्धा कपुर अभिनित चलचित्र ‘बाघी ३’ ले आक्रामक व्यापार गरिरहेका छ्न ।

शुक्रबारदेखि विश्वभर प्रर्दशनमा आएको ‘बाघी ३’ ले दुई दिनमा करिब ३३ करोड भारूको कमाइ गरेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । चलचित्रले पहिलोदिनमा १८ करोडभन्दा माथिको व्यापार गरेको थियो ।
विश्वभर ५५ सय हलमा लागेको फिल्मले भारतमा मात्र ४४ सय हलमा स्थान पाएको थियो भने अन्य देशहरुमा ११ सय हल पाएको थियो ।तमिल सिनेमा ‘भेट्टाई’को आधिकारिक रिमेक रहेको चलचित्रको एक्सनले ब्यापक चर्चापरिचर्चा पाइरहेको छ ।

समिक्षकहरुले पनि बताए अनुसार यस् चलचित्रमा एक्सन भरपुर रहेकोले आम-दर्शकलाई निकै मनोरञ्जन दिने बताउँछन् । अम्हेद खानले निर्देशन गरेको यस चलचित्रमा टाइगर र श्रद्धाका अलावा जयदिप अलावत, रितेश देशमुख तथा विजय शर्मा आदि कलाकारहरुको अभिनय रहेको छ।