क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको राजधानी क्वालालम्पुर काेतारायमा नेपाली नया बर्ष २०७७ सालकाे शुभ अवसरमा शुभकामना आदानप्रदान संगसंगै बृहत गजल उत्सव २०७७ आयाेजना हुने भएकाे छ।
अाउदाे बैसाख ७ गते (सन् २०२०अप्रिल १९ तारिख) का दिन नेपाली भाषा र साहित्यकाे बिकाश र बिस्तार गर्ने उदेश्य बाेकेकाे एउटा शसक्त समुह साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे अायाेजनामा कार्यक्रम अायाेजना हुन लागेकाे साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका अध्यक्ष तथा गजल उत्सव कार्यक्रमका संयाेजक राम प्रसाद सुबेदी संगमले जानकारी दिनु भयाे ।
कार्यक्रममा मलेसियाका विभिन्न राज्यहरुमा रहेर नेपाली गजल बिधामा कलम चलाउने करिव १२ जना गजलकार हरुले गजल वाचन गर्ने साहित्यिक चौतारी नेपाल मलेसियाका महासचिव महेन्द्र सिंहले जानकारी दिनु भयाे । उहाँका अनुसार कार्यक्रममा पेनाङ राज्य बाट अनुराग बम क्षेत्री,खीमु काउचा गरिब,रेशम राज वाेगटी र वेहाेसी कृष्ण कार्की जाेहाेरवारु राज्य बाट देव विरही,ऋतिक नेपाल र अर्जुन सिंह अनुरागी राजधानी क्वालालम्पुरबाट खेम मगर कान्छ, तारा साेमै संकल्प,एम मगर, दल बहादुर लामा र प्रीत अञ्जुलीले गजल वाचन गर्नु हुने छ।
बिगतकाे कार्यक्रम भन्दा यसपटक काे कार्यक्रम भब्य बनाउने तयारी रहेको साहित्यिक चौतारी नेपाल मलेसिया शाखा बरिस्ठ उपाध्यक्ष दल बहादुर लामाले जानकारी दिनुभयाे । कार्यक्रमका मिडिया पाट्नर का रुपमा अनलाइन टेलिभिजन मुक्तक माधुरी, मलाया खबर, हिमालयन टाइम्स र रङ्ग नेपाल टेलिभिजन रहेका छन् । अनलाइन टेलिभिजन मुक्तक माधुरीका व्यवस्थापक अाेम प्रकास भुसालको विशेष सहयोग रहेकोे कार्यक्रमकाे सञ्चालन साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका महासचिव महेन्द्र सिंहले गर्नु हुने छ ।




















