काठमाडौं:= झट्ट सुन्दा र हेर्दा तपाईं लाई पत्यार नलाग्ला , तर समाचार सत्य हो , नेपालका नेपाली सेनाले पसल सञ्चालनमा ल्याएका छ्न । नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो।
उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रीत परिवारले समेत सुविधा पाउने छन् । सहुलियत पसलको उद्घाटन प्रधनसेनापति पूर्णचन्द्र थापाले गरेका हुन्। नेपाली सेनाले सहुलियत पसलमार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ।

वार्षिक करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त पसलबाट वार्षिकरूपमा रु ४० करोड भन्दाबढी कारोवार हुने अपेक्षा गरिएको छ । सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन् । सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना जानकारी दिएको छ । कार्यालय सञ्चालन खर्चका लागि थोक मूल्यमा एक प्रतिशत मात्र मूल्य बढाएर विक्री गरिने बताइएको छ ।
यसअघि सेनाले सञ्चालन गर्दैआएको सुन्धरास्थित बसुन्धरा क्यान्टिनबाट गत साउनदेखि बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री बिक्री हुँदै आएको छ । बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारले उत्पादन गरेका सामानको बजारीकरणको लागि पनि अध्ययन भइरहेको सो अवसरमा जानकारी गराए।




















