क्वालालम्पुर ( मलेसिया ):= गैर आवाशिय नेपाली संघ (NRNA) एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराई सम्मानित भएका छ्न।
नेपाली श्रमिक,पीडितहरुको उद्धार एवं सहयोगका लागि ५० हजार रिंगिट करिब १३ लाख ५० हजार नेपाली रुपैंयाको श्रमिक कल्याणकारी कोष स्थापना गरेका एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईलाई मलेसियामा बिगत कैयौं बर्षदेखी बसोबास गरिरहेका स्थानीय मुलका मलेसियन नेपालीहरुको संस्था मलेसियन लोकल नेपाली एसोशिएसनले भट्टराईलाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो।

क्वालालाम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजित कार्यक्रममा मलेसियन लोकल नेपाली एसोशिएसनका अध्यक्ष शंकरबहादुर पौडेलले उनलाई खादा ओढाई सम्मान गर्दे कदर पत्र प्रदान गरेको सोही कार्यक्रममा उपस्थित एनआरएनए मलेसियाका वरिष्ठ-उपाध्यक्ष सुन्दर आले मगरले बताए ।
वैदेशिक रोजगारीको प्रमुख गन्तब्यहरुमध्ये एक मलेसियामा कामदारहरुका धेरै समस्या देखिने गरेका छन्। कतिपय नेपाली विभिन्न कारणबस यहाँका जेलमा सजाय काटीराख्या छ्न, कतिपय नेपाली अबैधानिक रुपमा बसोबास गरिरहेका छ्न भने कतिपय त बिरामी परेर उपचार खर्च नपुगेर अस्पतालको सैयामा छटपटाईरहेका छ्न ।
यस्तै किसिमको नेपाली पीडित,श्रमिकको उद्धार एवम सहयोगका लागि भट्टराई एक्कैले सो कल्याणकारी कोष स्थापना गरेका थिए। एनआरएनए मलेसियाले श्रमिकहरुको निम्ति खासै उदाहरणिय काम नगरेको गुनासो समेत बेला बखत सुनिने गरिन्छ तर पछिल्लो समय एनआरएनए मलेसियाले नेपालमा रहेका पीडित देखि लिएर मलेसियामा रहेका श्रमिकहरुलाई समेत हवाई टिकट प्रदान गर्ने , आर्थिक सहयोग गर्ने लगायतका उल्लेखनीय कार्यगर्न लागीपरेको देखिन्छ ।
कार्यक्रममा मलेसियन लोकल नेपाली एसोशिएसनले यहाँ मलेसियामा कार्यरत नेपालीले भोग्नु परेको समस्याहरुबारे पनि जानकारी गराउनुको साथै त्यस्ता नेपालीहरुको उद्धार र सहयोगको लागी अझै तत्परको साथ खट्न एनआरएनए मलेसियाको ध्यानाकर्षण गराएका थिए ।




















