थारु डान्स स्टार सिजन दुईको बिजेता सुनिल र आशिकाले पाए एक-एक लाख पुरस्कार।

सुनसरी := थारु जागर अभियान सुनसरी द्वारा आयाेजीत थारु डान्स स्टार सिजन दुईको ग्राण्ड फिनाले कार्यक्रम भब्य सम्पन्न भएको छ।

समापन कार्यक्रम शनिबार सुनसरीको रामधुनि नगरपालिका ५ लगाैना टाेलकाे कल्प वृक्ष प्याटि प्यालेसमा भएको हो ।प्रतियोगितामा प्रथम बिजेता सुनिल चौधरी र आशिका चौधरीले रु १ लाख ,दितिय बिजेता मनेश चौधरी र बिनिता चौधरीले रु ५० हजार र तेस्रो स्थान हासिल गर्न सफल प्रभा चौधरीले २५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ ।