क्वालालम्पुर ( मलेसिया ):= बिगत केही समय नेपाल प्रस्थान गरेका होटल व्यावसायि नवीन खड्का पुन: मलेसियामा होटल व्यावसाय सुरु गर्ने भएका छन।
मलेसियाको मलका राज्यको मुहार मा होटल गर्दै आएका खड्का मलेसियामा नेपाली कामदार आउन छाडेपछि नेपाल फर्किएका थिए तर अहिले नेपाल सरकार र मलेसिया सरकार बिच दुई पक्षीय श्रम सम्झौता भएपस्चात नेपाली कामदारको आवतजावत बढेसङै पुन : मलेसियामा ब्यबसाय गर्ने भएका हुन।
ब्यबसाय नाफामुलक हुनुपर्छ तर व्यावसाय लाई नाफामा मात्रै हेर्नुहुन्न सेवा र नाफा दुबै लाई सङै लैजान सके मात्रै सफल व्यावसायि बन्न सकिन्छ भन्ने कुरा उन्को बिगत को पृष्ठभुमिले पुष्ठियाइ सकेका खड्का बिगतमा मलेसियामानै रहेर ब्यबसाय गर्दै थुप्रै नेपाली लाई विभिन्न तबरले सहयोग तथा समय समयमा नेपाली कलाकारहरुको टोलि ल्याइ विभिन्न मनोरंजनात्मक साङ्गितिक कार्यक्रम समेत गर्दै आइरहेका नवीन खड्का नेपालीहरु माज एक परिचीत सफल होटेल व्यावसायिको रूपमा चिनिसको नाम हो ।
नेपाल फर्किएर गोदावरी स्थित दमाइटार ललितपुर आफ्नै निवासमा कञ्चन गंगा क्याफे एण्ड रेस्टुरेन्ट,हस्ट ट्राभल एण्ड टुर्स,जस्मिन ओभरसिज चलाएर बसेका खड्का नेपाल सरकार र मलेसिया सरकार बिच दुई पक्षीय श्रम सम्झौता भएपस्चात नेपाली कामदारको आवतजावत बढेसङै पुन : मलेसियालाई व्यावसायिक क्षेत्र बनाउने तर्खरमा रहेको बताए ।
व्यावसायिक भ्रमणको लागि एतिबेला मलेसिया आइपुगेका नबिन खड्काका अनुसार मलेसियाको राजधानी आसपासकै क्षेत्रमा होटल तथा पसल गर्ने तयारीमा रहेको उनले बताए




















