मलेसियामा कार्यरत याम बहादुर कोठामा मृत फेला/अरुले हत्या गरेको आसंंका।

क्वालालम्पुर(मलेसिया):= मलेसियाको जोहोरबारु स्थित देसा चेम्बरर्लाङ भन्ने ठाउँमा कार्यरत एक नेपाली युवा कामदार मृत फेला परेका छन ।

बिगत दुई बर्षदेखि जोहोरबारुको देसा चेम्बरर्लाङमा अवस्थित ‘भि-कोट (v coat (m) sdn bhd कम्पनिमा कार्यरत नेपाल् ठेगाना रामेछाप वडा नम्बर १ गोठगाउँ निबासी पासपोर्ट नम्बर ०६९७८१५१ रहेका याम बहादुर बोहरा बिहिवार दिउसाे २ बजे तिर आफ्नै कोठामा मृत अबस्थामा फेला परेको सोही कम्पनीमा कार्यरत एक कामदारले जानकारी गराउनु भयो।

उनको मृत्यको खवर पाए पछि आफन्तहरुले वैदेशिक राेजगार कन्सुलर बिभागमा निवेदन गरि घटनालाई गम्भीरतापूर्वक अनुसन्धन गरि दिनु हुन अनुरोध गरेका छन ।
मृत्युको कारण खुल्न नसकेपनि हत्या भएको आसंका गर्दै मृतकको लाश प्रहरीकाे निगरानीमा राखिएको र उक्त घटनामा संलग्नता रहेको आसंकामा प्रहरीले एक,दुई जनालाई पक्राउ गरी आवश्यक छानबिन गरिरहेको नेपाली राजदुतावास मलेसियाका द्धितिय सचीव महेश्वरमणि त्रिपाठीले जानकारी गराउनु भयो।

घटनाको सत्यतथ्य छानबिन,अनुसन्धानकाे नेपाली लागि दुतावास मलेसियाले उनी कार्यरत कम्पनी र प्रहरीलाई घटनाको बारेमा गम्भीररुपमा लिन र छानबिन पूरा भैईसकेपछि मृतकको शव नेपाल पठाउन प्रक्रिया अगाडी बढाउन भनीसकेको र उक्त घटना बारे बिस्तृत बिवरण सोमबार मात्रै जानकारी हुने द्धितिय सचीव त्रिपाठीले बताउनु भयो।