बिश्वमै सबै भन्दा बढी सुन खानी भएको देशमध्य भारत पनि एक।

एजेन्सि:= भारतको ‘जियोलजिकल सर्वे अफ इण्डिया(जीएसआई)’ले सन् २००५ मै उत्तर प्रदेशको सोनभद्रमा सुन रहेको संकेत पाएको थियो र सन् २०१२ मा त्यहाँ सुन रहेको पुष्टि गरेका थियो । 

विगत पन्ध्र वर्षमा जीएसआईले त्यस क्षेत्रमा निरन्तर काम गरिरहेको थियो । अहिले आएर उत्तर प्रदेश सरकारले उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको छ । जीएसआईको अध्ययनमा सोनभद्रको सोन पहाडमा झण्डै तीन हजार टन सुन र हरदी ब्लकमा झण्डै ६ सय किलो सुनको भण्डार देखिएको छ । तर तिनको उत्खननमा हालसम्म कुनै ठोस काम भएको थिएन हाल आएर ब्लक टेन्डरको लागि प्रशासनले सात सदस्यीय टिमको गठन गरेको छ । ‘ २२ फेब्रुअरी २०२०सम्म टिमले आफ्नो रिपोर्ट भूतत्व एवं खनिजकर्म निर्देशनलायलाई सुम्पिनेछ ,’ सोनभद्रका उत्खनन अधिकारी केके रायले बताए । 

सोनभद्रको अन्य क्षेत्रमा पनि सुन रहेको अनुमान छ । त्यसैले अहिले त्यस क्षेत्रको ठूलो भूभागमा हेलिकप्टरबाट सर्वेक्षण गरिँदैछ । सर्वेक्षणका लागि विद्युतचुम्बकीय उपकरण स्पेक्ट्रोमिटर उपकरणको प्रयोग गरिँदैछ । 
यी उपकरणसडित हेलिकप्टरको जमिनभन्दा केही सय मिटरको उचाइमा उठाइन्छ ।
सोनभद्रमा हाल अनुमान गरिएको सुन निकाल्न सकिएमा भारत सुन उत्पादनको हिसाबमा अमेरिकापछि दोस्रो स्थानमा आउनेछ । 

विश्व सुन परिषद्का अनुसार अमेरिकासँग ८१३३ टन सुन भण्डार छ । अहिले, अमेरिकापछि दोस्रो ठूलो सुन भण्डार जर्मनीसँग छ । जर्मनीसँग ३३६६ टन सुन छ । 
जर्मनीपछि ठूलो सुन भण्डार हुने देश वा सस्था क्रमशः अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)(२४५१ टन), इटाली(२४५१ टन), फ्रान्स(३४६१ टन), छैटौं रुस(२२१९), चीन(१०४० टन) हुन् । 
त्यसैले गरी सानो देश भए पनि स्वीट्जरल्याण्डसँग विश्वको आठौं ठूलो सुन भण्डार छ । स्वीट्जरल्याण्डमा १०४० टन सुन छ ।

ठूलो सुन भण्डारको -याङ्किङमा नवौं स्थानमा रहेको जापानसँग ७६५ टन सुन छ । 
भारत हाल सुन भण्डारको हिसाबमा दशौं स्थानमा छ । भारतमा ६१८ टन सुन छ । तर सोनभद्रको सुन उत्पादन सुरु भएपछि भारत दोस्रो स्थानमा उक्लने समाचारमा जनाइएको छ ।