७० करोड घुसको समाचार सञ्चारगृहले छाप्न नमानेपछि पत्रकार पुष्प ढुंगानाद्वारा राजिनामा।

नुवाकोट:= नयाँ पत्रीका, कान्तिपुर टिभी,अनलाईन खबर लगायतको सञ्चारगृहमा कार्यरत रहि पत्रकारिता गर्दै आईरहेका पत्रकार पुष्प ढुंगानाले राजिनामा दिएका छन।

सन्चारमन्त्री गोकुल बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएका छन्। सामाजिक सन्जाल फेसबुकमा एक पोष्ट लेख्दै पत्रकार ढुंगानाले भनेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन

ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दै छु ?खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यस कारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’

यस्तो छ सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको घुस काण्ड:

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच ७० करोड रकम घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।