अभिनेत्री सेजलद्वारा आत्महत्या

मुम्बई (एजेन्सी) । भारतीय टेलिसिरियल ‘दिल तो हृयाप्पी है जी’का अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । उनको शव आफ्नै घरमा झुण्डिरहेको अवस्थामा फेला परेको हो । उनले आत्महत्या गर्दा उनका दुई साथी त्यही घरमा रहेको एएनआइले जनाएको छ ।

‘हो, यो सत्य हो । म पनि झसंग भए सुनेर । मलाई त विश्वास गर्न नै गाह्रो भयो किनकि १० दिनअघिमात्रै हाम्रो भेट भएको थियो,’ सिरियलका सहअभिनेता अरुके वर्माले भने, ‘भेट्दा उनी ठीक देखिएकी थिइन् ।’ प्रहरीले उनको सुसाइट नोट फेला पारेकाले एक्सिडेण्टल डेथ रिपोर्टअनुसार घटनाको अनुसन्धान सुरु भएको छ ।