भारतका चर्चित नायक अक्षय कुमारले लामो समय देखि बलिउडमा आफ्नो अभिनयका कारण चर्चा कमाई रहेका छन् । पछिल्लो समय रलिज भएको गुड न्यूजुले राम्रो कमाई गरेको छ । भने गत वर्ष उनी अभिनित, केशरी, मिशन मंगल, हाउसफुल ४ ले राम्रो कमाई गरेको थियो ।
लगातार फिल्ल चलेका नायक अक्षयको नयाँ पारिश्रमिक मंगलबार सार्वजनिक गरिएको छ । बलिड वेवसाइट बलिउड हंगामाले आफ्नो समाचारमा अक्षयको नयाँ पारिश्रमिक १२० करोड भारू पुगेको जनाएको छ। एनले निर्देशक आनन्द एल रायको नयाँ सिनेमाका लागि उक्त रकम बुझ्न लागेको जनाएको छ।
केही समय अगाडि उनले बासु भगनानीको सिनेमाको लागि सय करोड भारु पारिश्रमिक लिन लागेको सार्वजनिक भएको थियोे। जनकारका अनुसार उनि सर्वा्धिक महँगा अभिनेता बनेका छन् ।



















