कपिलवस्तु:= कपिलवस्तुको विजयनगर गाउँपालिका-२, लाेहराैलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला लाग्ने भएकाे छ ।
लाेहराैला गाउँ समाज समितिकाे अायाेजनामा यहि माघ १० र ११ हुन लागेकाे अायाेजकले जनाएको छ ।थारु समुदायमा लाेप हुँदै गएकाे पुख्र्यौली सामाग्री गरगहना, भेषभषा, रितिरिवाज र परम्परागत नृत्यकाे संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यले मेला अायाेजना गरिएकाे मेला संयाेजक तथा गाउँ समाज समितिका बडघर कृष्ण बहादुर थारुले जानकरी दिए ।
त्यसैगरी मेलाका मुख्य अाकर्षणका केन्द्रबिन्दु अाधुनिक, भाेजपुरी, थारु गायक श्रीनिवास चाैधरी, समीक्षा चाैधरी, अञ्जु कुस्मी, राज कुस्मी, सरगम चाैधरी, सिमान्त चाैधरी, निसु चाैधरी, शारदा थारु, राजेन्द्र चाैधरी, रमेश सिटी, विष्णु थारु, अार्यान थारु, विन्दु थारु लगायत कलाकारहरूले मनाेरञ्जनदिने अायाेजक समितिले जनाएको छ ।




















