ए ! नानी प्यारा, देशका तारा, भोलिका कर्णधार ।
बढ्नु छ तिमी दरिलो बनी भविष्य पूर्वधार ।।
काँडाको बाटो, खाल्टा र खुल्टी, नलडी हिँड्नु छ ।
हिलाम्मे तलाउ बीचबाट निस्की कमलझैँ फुल्नु छ ।।
जनकको ज्ञान, सीताको विवेक, बुद्धको निर्वाण ।
यो भूमिमाथि दिएर गए ऋषिले वरदान ।।
खोज्नु छ फेरि त्यो ज्ञान अमृत यो प्यारो देशमा ।
करुणा, विवेक, मानवता रोप सबैको हृदयमा ।।
हिजोका पुर्खा, आजका हामी, भोलिका तिमी हौ ।
हाम्रा ती गल्ती सुधार्दै बढ्ने आशाका किरण हौ ।।
संगत राम्रो, संस्कार सिक, मिहिनेत गर्दै जाऊ ।
सुसंस्कृत समाज लक्ष्य छ तिम्रो पाइला चलाऊ ।।




















