काठमाडौं:= गायिका आस्था राउत बिरूद्ध महिला प्रहरीले उजुरी हालेकी छन् । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गाली गलौज र अभद्र व्यवहार गरेको भन्दै उजरी दिएकी हुन् ।
विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।
यता आस्था राउतले पनि प्रहरीबाट आफूमाथि दुर्व्यवहार भएको दाबी गरेकी छन् । तर उनले उजुरी भने दिईएकि छैनन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी महिला सुरक्षाकर्मीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गायिका राउतले बिहीबार आपत्ति जनाएको भिडियो सार्वजनिक गरेपछि उनी विवादमा परेकी छन् ।
प्रहरीमाथि अपशब्द प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु मध्य केहिले उनको आलोचना गरेका छन् भने केहिले उनकाे समर्थन गर्दै प्रहरी प्रशासनकाे खराब रबैया,अभद्र बोलिप्रती तीब्र बिराेध गरेका छन् ।




















