पोखरा । पर्यटन वर्ष सन् २०२०मा मुस्ताङमा पयर्टक बढाउने उद्देश्यले जिल्लाको प्रवद्र्धनात्मक दई नयाँ गीत सार्वत्र सार्वजनिक गरिएको छ । मुस्ताङको पर्यटकियस्थल लोमन्थाङलाई केन्द्रित गरी लोमन्थाङ गाउँ र लोमन्थाङमै बसम् बोलको दुई गीत बुधबार पोखरामा एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।
भिडियो मुस्ताङका सांसद इन्द्रधारा विष्टले निर्माण गरेका हुन् । मुस्ताङमा पयर्टन वर्ष सन् २०२०मा पर्यटकको संख्या बढाउन र मुस्ताङका पयर्टकीयस्थलका बारेमा सबैलाई जानकारी होस् भनी एक वर्षको पारिश्रमिक उक्त गीतमा लगानी गरेको उनको भनाइ छ ।
लोमन्थाङमै बसम् बोलको गीतमा गायक रामजी खाँण र गायिका संगीता थापा मगरको स्वर छ भने गीतको भिडियोमा पनि रामजी र संगीताकै अभिनय छ । यस्तै लोमन्थाङ गाउँ बोलको गीतमा जुनु रिजाल र बिबी अनुरागीको स्वर छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश आफैंमा प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले भ्रमण वर्ष २०२० सफल हुनेमा कुनै शंका नरहेको बताए । गण्डकी प्रदेश हिमालदेखी तराईसम्म फैलिएको र अन्य प्रदेशमा भन्दा बढी मात्रामा पर्यटकीय गतिविधि सञ्चालन भइरहेकाले भ्रमण वर्ष सफल हुने उनको भनाइ थियो ।
यस्तै कार्यक्रममा सहभागी भएकी गायिका संगीता थापा मगरले पर्यटन वर्षलाई केन्द्रित गरी मुस्ताङलाई चिनाउने गीत गाउन पाउँदा खुशी लागेको बताइन् । संगीताले भिडियो छायांकनको समयमा मुस्ताङका विभिन्न ठाउँमा प्रत्यक्ष घुम्ने अवसर पाएको र मुस्ताङले मन लोभ्याउने भएकाले सबैलाई एकपटक पुग्न आग्रह गरिन् ।
गायक रामजी खाँण भने कार्यव्यस्तताले गीत सार्वजनिक कार्यक्रममा पुग्न सकेनन् । हिमालपारिको जिल्ला उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको पुराताŒिवक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले लोमान्थाङ गाउँ बोलको आधुनिक र लोमन्थाङमै बसम् बोलको लोक गीत निर्माण गरिएको हो ।
आधुनिक गीतको भिडियोमा भने निशा गुरुङको अभिनय छ । दुवै गीतको शब्द रचना रमेश बिजीले गरेका हुन् । दुवै गीतमा बिबी अनुरागीकोे संगीत संयोजन छ भने म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन । प्रिजीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतहरूको पोष्ट प्रोडक्सन साइभिजन प्रालि हो ।
उक्त गीतहरूको छायांकन उपल्लो मुस्ताङको लोमान्थाङ बजार, चराङ, मराङ र चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र नीलगिरि बेसक्यापलगायत क्षेत्रमा गरिएको हो । उक्त गीत लाफा म्युजिक युट्युवमार्फत बजारमा ल्याइएको छ ।




















