थारु महिला उत्थान समाजको तेस्रो बार्षिक साधारण सभा समपन्न/अध्यक्षमा पुनः सिता थरुनी चयन।

सुनिल चौधरी,,

झुम्का:= थारु महिला उत्थान समाज रामधुनी सुनसरीको सुक्रवार तेस्रो सधारण सभा सम्पन्न भएको छ । आ.ब. २०७५÷७६ मा महिला शसक्तिकरणमा सक्रृय रह्दै आएको प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो तेस्रो सधारण सभा सम्पन्न गरेको हो ।

रामधुनी नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभाबाट महिला शसक्तिकरणको पहिलो उधेश्य राखि भाषा, संस्कृति, कला संरक्षणमा समेत कृयाकलाप गरेको प्रगती प्रतिवेदन मार्फत जानकारी दिएकी छन् । महिलाहरुमा नेतृत्व बिकास तालिम, आर्थिक आयआर्जनका सिप बिकास तालिम, महिला हिंसा, लैंगीक बिभेद, बालबालिकाहरुमा अधिकार संरक्षण गर्ने खालका कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष सिता थरुनीले प्रतिवेदन मार्फत जानकारी दिइन् । यसैगरी संस्थाबाट नेपाली संस्कृति संरक्षणकालागी जितिया कार्यक्रम, माघेसंक्रान्ति महोत्सव, एकदशी, समाचखेवा लगायतका सांस्कृतिक पर्वहरुमा कार्यक्रम आयोजना गरेको बताईन् ।

संस्थाले पाएको बिशेष उपलब्धिहरुमा अपाङ्गबालबालिकालाई न्यानो कपडा बितरण, नारिदिवसमा गरेको सचेतना, साईबरक्राईम सचेतना, टिकापुरद्धन्द पिडित बालबालिकालाई सहयोग, बाढी पिडित तथा आगलागी पिडितलाई गरेको सहयोमा उपलब्धि हासिल गरेको उठान गरिन् । संस्थाबाट महिला हिंसामा परेका पिडितलाई न्यायमा पहल, मेलमिलाप तथा पुनस्र्थापना गर्न सम्म सफल भएको अध्यक्ष सिता थरुनीले जानकारी दिएकी हुन् । झुम्का बजार सरसफाई, बजार ब्यवस्थापन, पर्यटन प्रवद्र्धन, धार्यटन बिकासमा संस्थाले भुमिका खेलेको संस्थाकी अध्यक्ष थरुनीले साधारण सभाबाट जानकारी दिइन् ।

संस्थामा भए गरेको आयब्यय प्रतिवेदन संस्थाकी कोषाध्यक्ष आशा चौधरीले प्रस्तुत गरेकी थिईन् । संस्थाले आयोजना गरेको बिभिन्न कार्यक्रमको आम्दानि रखर्चको बारेमा पार्दशिता गरिन् । अध्यक्ष सिता थरुनी र कोषाध्यक्ष आशा चौधरीले प्रस्तुत गरेको प्रतिवेदन मार्फत छलफलगरी बहुमतले पारित समेत गरेको छ । थारु महिला उत्थान समाजले रामधुनी नगरमा बिकास र सुशासन ल्याउन खेलेको भुमिका प्रति नगरप्रमुख ज्यपं्रकाश चौधरीले धन्यवाद ब्यक्त गरे । रामधुनी पहिचानकालागी पर्वको अवसरमा सांस्कृति कार्यक्रम, पर्यटन प्रवद्र्धनकालागी मौलिक संस्कृतिको उठान, सचेतनाकालागी समाजिक कार्यक्रम, महिला र बालबालिका उत्थानकालागी गरेका गतिबिधिहरु सराहनिय रहेको बताए । आगामी दिनहरुमा पनि जंगलका शेर जस्तै अगाडी बढ्नु पर्ने भन्दै साधारण सभा सफलताको कामना गरेका हुन् ।

संस्थाले अबका दिनहरुमा सामाजिक कार्यक्रमहरुमा ध्यान दिनु पर्ने रामधुनी १ नं. वडाअध्यक्ष महेश चौधरीले जोड दिए । संस्थाका कार्यालय संचालनकालागी वडाकार्यालयबाट फर्निचरका सामानहरु उपलब्ध गराएका थिए । महिला सशक्तिकरणकालागी वडाकार्यालयबाट उत्थान समाजलाई सहयोग गर्दा केहि ब्यक्तिहरुले दवाव सिर्जना गरेको बताउदै संस्थाले समाज सुधारका उलेख्य कार्यहरु गरेकोले सहयोगको निरन्तरता दिने वडा अध्यक्ष चौधरीले प्रतिबद्धता गरेका हुन् । सामाजिक, आर्थिक, राजनैतिक नेतृतवमा अगाडी बढ्नु पर्ने सल्लाहकार केशीलाल चौधरीले सुझाव दिए । महिला हिंसा न्युनिकरण गर्दै संस्थाकी सदस्यहरुमा नेतृत्व क्षमता बिकास भएको भन्दै सल्लाहकार रामकुमारी चौधरीले साधारण सभा सफलताको शुभकामना ब्यक्त गरिन् ।

संस्थालाई योगदान पुर्याएका ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । साधारण सभाबाट वडाअध्यक्ष महेष चौधरी, रामधुनीका योजना प्रमुख हर्षलाल चौधरी, सल्लाहकार केशीलाल चौधरी, रामकुमारी चौधरी, साँस्कृतिक संयोजक श्रवण चौधरी, उधोग बाणिज्य संघ महासचिव नबिन चौधरी, संचार संयोजक सुनिल चौधरीलाई सम्म गरेको छ । संस्थाले सहयोग गरेका सम्पुर्ण सदस्हरुलाई सम्मान समेत गरेको हो ।

कार्यसमिति पुनरगठनले पुनः अध्यक्षमा महिला नेतृ सिता थरुनी चयन :


संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट समिति पुनर गठन गर्दै अध्यक्षमा पुनः सिता थरुनी चयन भएकी छन् । २०७३ सालमा स्थापना भएको उत्थान समाजमा संस्थापक अध्यक्ष रहदै दोस्रो अधिवेशनबाट थरुनी दोस्रो कार्यकालकालागी सर्वसहमतिले चयन भएकी हुन् । यसैगरी उपाध्यक्षमा महिला नेतृ आशा चौधरी, सचिवमा सनम चौधरी, सहसचिवमा भगवती चौधरी र कोषाध्यक्षमा गयाबति चौधरी चयन भएको निर्वाचन मण्डलका संयोजक केशीलाल चौधरीले जानकारी दिए । यसैगरी सदस्यहरुमा मन्जु, दिलकुमारी, मिरा, हिरा, यसोदा, बन्सा, पिन्की र आशा चौधरी(बि) चयन भएको जनाए । समिति चयन सहयोगकालागी निर्वाचन मण्डलको सदस्यमा रामकुमारी चौधरी र श्रवण चौधरी रहेका थिए ।