चौथो पिपरा गोल्ड कपको सम्पुर्ण तयारी पूरा ।

कोल्हवी (बारा)/ बाराको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराद्वारा पंचगछिया खेल मैदानमा हुन गैरहेको चौथो पिपरा गोल्ड कपको सम्पुर्ण तयारी अन्तिम चरनमा पुगेको छ।

श्री नेपाल राष्ट्रिय नि. मा.बि पिपराको सभा हलमा सनिवार एक समारोहका बिच पत्रकार समेलन गरि चौथो पिपरा गोल्ड कप खेल हुने बारे आयोजक समितिले जानकारी दिए। सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष बृजमोहन चौधरीको सभापतित्वमा सनिवार सम्पन्न भएको कार्यक्रममा करैयामाई गाउँपालिकाका प्रमुख भुनेश्वर धामी ,आयोजक क्लबका पुर्ब अध्यक्ष मोतिलाल चौधरी,रेफ्री संघका जिल्ला अध्यक्ष रियाजुल इस्लाम,समाजसेवी सुमन चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमका संचालन जितेन्द्र चौधरीले गरेका थिए।


अनुमानित ५३ लाखको लागतमा हुन गइरहेको चौथो पिपरा गोल्ड कपमा बिरगंज युथ क्लब-बिरगंज, युनाइटेड क्लब-बिरगंज,बागमती-११,न.२ न. बाहिनी बर्दिबास, उदयपुर-११,हिमकस्तुरी टिम लाहान,हेटौंडा-११ मकवानपुर,युनाइटेड क्ल्ब सिमरा,गतवर्षको बिजेता एपीएफ क्लब र उपबिजेता सर्लाही-११ साथै आयोजक टिम गरि ११ वटा टिमहरुको सहभागी रहने क्लबका अध्यक्ष चौधरीले जानकारी दिए।

प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ। यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५००० हजार तथा सिल,मेदल र प्रमाण-पत्र प्राप्त गर्ने र साथै माघ ९ गते बिहिवार देखि सुरु हुने खेल १८ गते सनिवार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने बेवस्ता मिलाइएको आयोजक समितीले जानकारी दिए।