सुनिल चौधरी
झुम्का:= सुनसरी मोरङ्ग सिचाई योजनाको शाखा माईनर नहरहरुबाट किसानहरुलाई पुर्याउदै आएको सिचाई ब्यवस्थित गर्न निर्माण भएको समितिहरुको साधारणसभागरी पार्दर्शिता गर्न थालिएको छ । शाखा नहरबाट संकलन गरेका शुल्क र मर्मत सम्भार गर्न ल्याएका योजनाहरुको बारेमा पार्दशिता गर्दै किसान एकतामा जोड दिएका हुन् ।

यसै क्रममा जलउपभोक्ता केन्द्रिय समितिको अध्यक्ष रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा शाखाबाट भएगरेका गतिबिधिहरुको बारेमा पार्दशिता गर्दै सिंगिया उपशाखा नहर जलउपभोक्ता समितिको १२ औ साधारण सभा सम्पन्न गरेको छ । आ.ब. २०७५÷७६ को प्राप्ती भुक्तानी र आम्दानि तथा भावी कार्ययोजनाहरु बारेमा प्रस्तुत गर्दै शनिवार साधारण सभा सम्पन्न गरेको हो । सिंगिया शाखा नहरका अध्यक्ष रामनारयण चौधरीले प्रगती प्रतिवेदन प्रस्तुत गरेका हुन् । रामधुनी वडा नं. २ का वडाअध्यक्ष र जलयपभोक्ता केन्द्रिय समितिको सचिव समेत रहेका चौधरीले आफनो शाखाबाट रु २ करोड १५ लाख ९८ हजार २ सय पचिस रुपैयाको आम्दानि र भुक्तानि भएको प्रतिवेदन मार्फत जानकारी दिए ।

साधारण सभाबाट उपभोक्ता कृषकहरुलाई प्रत्येक वाटर कोर्षबाट अध्यक्ष, सचिव र महिला सदस्य १ गरी जम्मा ३ जना प्रतिनिधित्व गराउने निर्णय गराएको छ । उपशाखा अन्तर्गत नहरहरुमा क्षति पुर्याउनेलाई बिधान अनुसार कार्वाही गर्ने गरेको जानकारी दिए । नहरको डिलमा खनजोत र घरटहरा निर्माण गर्न बन्देज लगाउने समेतको सहमति गरेको छ । यसैगरी सिचाई सेवा शुल्क अशुली गर्नकालागी स्थानिय सरकार संगको समन्बयमा निति निर्माण गर्न पहल गर्ने जनाएको छ ।
कृषिमा पर्यटन बिकास गर्नु धारणाहरु सहभागी अतिथिहरुले जोड दिएका छन् । नहरको डिल ब्यवस्थितगरी पर्यटन बिकास गर्ने सम्भावनाहरु रहेको बताए । यसैगरी सिंचाई ब्यवस्थितगरी ब्यवसायिक खेतिमा प्रोत्साहन हुनु पर्ने आयोजनाको भुमिकाबारे प्रष्टयाएका थिए । सभामा सिचाईका बरिष्ठ सामाज शास्त्रि बेनु कुमार पौडेल, रामधुनी नगरउपप्रमुख सबिना चौधरी, वडाअध्यक्ष घनश्याम चौधरी, वडाअध्यक्ष राजकुमार चौधरी, झुम्का जलउपभोक्ता समितिका अध्यक्ष डुनारायण चौधरी, मानि चौरीका फुदनलाल चौधरी, भिम पराजुली लगायतका बक्ताहरुले सुझाव दिदै सुधारण सभाको शुभकामना ब्यक्त गरेका हुन् ।




















