सुनिल चौधरी,
झुम्का:= देशभरीका च्याउ किसानहरु संगठितभई किसानमैत्रि च्याउ निती निर्माणकालागि दबाब सिर्जना गर्न राष्ट्रिय च्याउ जागरण अभियानमा जुटेका छन् । “देशभरीका च्याउ किसानहरु एक हौ” नारा सहित पौष ९ गते झापा स्थित मेचि पुलमा अभियानलाई उद्धघाटन गर्दै सुरु गरेको अभियनकर्ताहरु सुक्रवार रामधुनीको झुम्कामा आएर एक कार्यक्रमगरी जानकारी दिएका हुन् ।
बिभिन्न उधेश्य राखी च्याउ उत्पादक किसान संघ नेपाल केन्द्रिय समितिको आयोजना भईरहेको जागरण अभियान मेचि देखि महाकाली सम्म हुने जानकारी दिएका छन् । अभियान अन्तर्गत सुनसरीका च्याउ किसान र अभियानकर्ताहरु बिच झुम्का स्थित भएको जागरण सम्बन्धि कार्यक्रममा च्याउ किसानहरुलाई राज्यले उपेक्षित गरेको किसानहरुले बताएका छन् । राज्यलाई च्याउखेती कृषि अन्र्तगतनै नरहेको बुझाई भएको भन्दै कम अनुदान दिने गरेको गुनासो गरेका हुन् । अनाधिकृत रुपमा भारत लगायतका देशबाट आयात हुने कम गुणस्तर र बिषादी च्याउ आयात बन्द गर्नु पर्ने केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारीले बताए ।

क्षेत्रिय कृषि तालिम केन्द्र रामधुनी झुम्का स्थित रामधुनी नगर उपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यतामा भएको जागरण जिल्ला समिति सुनसरी अध्यक्ष कृष्ण गुरुङ्गको सभापतित्वमा भएको हो । राष्ट्रिय च्याउ जागरण अभियान सफलताको कामना गर्दै अभियानले च्याउ खेतीकालागि राज्यलाई ध्यान दिन बाध्यता बनाउने उपप्रमुख चौधरीले बताईन् । रामधुनी नगरपालिका अन्तर्गत कृषि उधानकालागी निर्दैशिका निर्माण भैसकेकोले च्याउखेतीलाई समेत सहयोग पुग्ने धारणा राखिन् । च्याउ प्रवद्र्धनकालागी नगरबाट तालिम, बिउ बितरण गरिसकेको बताउदै अगामी दिनमा पनि योजनाहरु अगाडी सार्ने प्रतिबद्धता गरिन् ।

अधिराज्यभरी च्याउखेतीमा रु १ अर्ब २५ करोडको लगानि रहेको जनाएको छ । करिब रु ७५ करोडको मात्र बिउ उत्पादनमा लगानि रहेको संघले जानकारी दिएको छ । च्याउ मध्ये कन्ये च्याउमा करिब रु १ अर्ब बराबर ८० लाख केजी च्याउ उत्पादन हुने गरेको छ । यसैगरी गोब्रे च्याउ रु २७ करोड रुपैया बराबरको ९ लाख केजी उत्पादनमा योग्दान गर्दै आएका छन् । सिताके च्याउ १ लाख ५० हजार केजीउत्पादनगरी करिब ७ करोडको लागनी रहेको छ भने करिब ३५ हजार जनालाई प्रत्यक्ष रोजगार दिएको संघले दाबी गरेका हुन् ।
राज्यबाट च्याउखेती प्रवद्र्धन गर्न छुटै निकायको स्थापनागरी नियमित अनुगमन हुनु पर्ने किसानहरुको माग छ । संघिय, प्रदेश र स्थानिय सरकारले उचित बजेट बिनियोजन, तालिम, कच्चा पदार्थ उपलब्धतामा ध्यान दिनु पर्ने केन्द्रिय सदस्य दिपक आचार्यले स्वागतमन्तब्य राख्दै आफ्नो भनाई राखेका हुन् । अभियानकै क्रम्मा इटहरीमा र्यालि गर्दै कोण सभा समेत गरेका छन् । अभियानमा केन्द्रिय पदाधिकारी लगायत संबिधानसभा सदस्य बिसम धिमाल, केन्द्रिय कोषाध्यक्ष बिकास रिमाल, चित्रराज तिमलसिना, पुर्व सचिव रामहरी घिमिरे कैलालि अध्यक्ष गणेष रोक्का, प्रदेश १ अध्यक्ष बमलाल खवास लगायतका सदस्यहरु सहभागी छन् । अभियान पौष ३१ गते सम्पन्न हुने छन् ।




















