महेन्द्र केरुङ – मलेसिया
जि. एस . समाज सेवा युवा क्लब बातुपहात जोहोर मलेसिया द्वारा मलेसियामा मृत्यु भएका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका -१५ का अनिल नेपाली को घर परिवारलाई नगद रु , ७,३४,९७ १ /- (सात लाख चौतिस हजार नौ सय एकहक्तर रुपैया ) सहयोग गरिएको छ।
मलेसियामा स्थापना गरिएको जि एस समाज सेवा युवा क्लब मलेसिया ले यो भन्दा अगाडि पनि विभिन्न चरणमा दुःखमा परेका पीडित हरु लाई सहयोग गर्दै आइरहेको यस जि एस समाज सेवा युवा क्लब मलेसिया ले आफ्नो समाज सेवा लाई निरन्तरता दिदै आइरहेको छ।
यसै क्रममा दुइ महिला अगाडि (15-10-2019)का दिन उपचार को क्रममै मलेसियामा मृत्यु भएका अनिल नेपाली को घर परिवार, लाई केही सहयोग होस भनी “जि . एस समाज सेवा युवा क्लब मलेसिया को अगुवाइमा मलेसिया को जिमिल कम्पनी , सोङ्लिन कम्पनी,बुलुबेरी कम्पनी ,ओरेन्ज कम्पनी मा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु बाट र विभिन्न डाेनेशन बक्स बाट सहयोग संकलन गरि सहयोग हस्तान्तरण गरिएको छ।
आइतबार का दिन जि एस समाज सेवा युवा क्लब मलेसिया का अध्यक्ष राम परियार को अध्यक्षतामा औपचारिक एक कार्यक्रम गरि सम्पूर्ण सहयोग रकम को बारेमा कोषउपाध्यक्ष विमल पोख्रेल ले बिस्तृत रूपमा सार्बजनिक गर्नुभएको थियो ।उक्त कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मदन सुब्बा ,प्रमुख अथिती,प्रवासी मेमेङ समाज मलेसिया का अध्यक्ष महेन्द्र केरुङ,उपाध्यक्ष जटिल बि सि,उपाध्यक्ष मिथुन बिराजी,उपाध्यक्ष गङा कार्की ,सदस्य नबिता लिम्बु ,शिव बिष्ट ,रामजिबन शा लगायतले बोल्नु भएको थियोे भने सचिव प्रमोद मोक्तान को अनुपस्थितिमा कार्यक्रम सहसचिव गोपाल रायमाझीले संचालन गर्नु भएको थियोे ।

#उक्त सहयोग संकलन निम्न तपशिल बमोजिम भएको थियो ।
१)जिमिल कम्पनी बाट 447जना =Rm.8940/-
२)सोङ्लिन कम्पनी बाट 207 जना =Rm .4140/-
३)ओरेन्ज कम्पनी बाट 343 जना =Rm.6860/-
४)बुलुबेरी कम्पनी बाट 116 जना =Rm.2320/-
५)अन्य विशेष सहयोग
=Rm.83/-
६)D.g.Boss चाइनिज बाट Rm.50/-
७)दिनेश राना बाट Rm.10/-
गरि जम्मा =Rm.22403/-
#विभिन्न donation box बाट
1)जिमिल कम्पनी A.बाट
=Rm.845.50/-
2) बुलुबेरी कम्पनी बाट
=Rm.715/-
3)सोङलिन कम्पनी बाट
=Rm.800/-
4)जिमिल B. कम्पनी बाट
=Rm.838.10/-
5)ओरेन्ज कम्पनी बाट
=Rm.784/-
जम्मा = Rm.3982.60/-
Rm=(22403+3982.60)
Rm=26385.60/-
#स्व. अनिल नेपालीको तलब
Rm.1550/-
#श्रद्धाञ्जली कार्यक्रममा जम्मा भएको दान रकम Rm.100/-
Rm(26385.60+1550+100)
जम्मा Rm =28,035.60
#स्वर्गीय अनिल नेपाली को तलब बाट निजको ब्याजी(ऋण)Rm.1000/- तिरिएको थियोे ।
(28,035.60 -1000)
जम्मा =Rm.27,035.60/-
अर्थात जम्मा =रु7,34,971/-
(सात लाख चौतिस हजार नौ सय एकहक्तर )
जि . एस . समाज सेवा युवा क्लबको अगुवाइमा संचालित यो आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्नुहुने जिमिल,सोङ्लिन,ओरेन्ज,बुलुबेरी कम्पनीमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई हार्दिक धन्यवाद र अहो रात्री खटेर सहयोग संकलन कार्यमा सक्रिय भइ अभियान लाई सफल पार्न मद्दत गर्नुहुने तमाम सहयोगी दाजुभाइ तथा दिदिबहिनी हरु लाई विशेष आभार व्यक्त गर्दै अध्यक्ष राम परियार ले कार्यक्रम समापन गरेका थिए ।
उक्त सहयोग रकम हिजो बुधबार परियार समाज सेवा दाङ जिल्ला कार्य समितिका अध्यक्ष केशव परियार को रोहवरमा (दाङ घोराहीमा )पत्रकार सम्मेलन गरि मृतक का परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयाशन को प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सिलाइ व्यावसायि दाङ का अध्यक्ष चुण बहादुर नेपाली ,प्राध्यापक संघका प्रकाश् श्रेष्ठ,मृतक का बुवा ज्ञान बहादुर दमाई बहिनी सुजाता नेपाली लगायतले पीडित परिवारलाई आर्थिक सहयोग जुटाउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै जि .एस . समाज सेवा युवा क्लब मलेसिया लाई धन्यवाद दिएका थिए । कार्यक्रममा पत्रकार ,बुद्धिजीवी ,समाजसेवी तथा स्थानीय बासिन्दा को बाक्लो उपस्थिति रहेकोे थियोे ।




















