काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ ।
आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको हो ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको मृत्युको कारण भने अस्पतालले खुलाएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण थाहा हुने बताइएको छ।
भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’लगायतका चलचित्रहरु निर्माण गरेका थिए।
करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात गरेका थिए।




















